मोरङको सुनवर्षीमा चट्याङ लागेर बालकको मृत्यु
विराटनगर । मोरङको सुनवर्षी-९ स्थित मुस्लिम टोलमा आज दिउँसो चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । अर्की एक बालिका घाइते भएकी छन् ।
वर्षासँगै परेको चट्याङ लागेर स्थानीय हमित आलमका छोरा ११ वर्षीय सोफियनको मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ‘घर छेउमा कटहरको रूखमुनि खेलिरहेका बेला चट्याङ लागेर दुई जना केटाकेटी घाइते भएका थिए,’ डीएसपी बस्नेतले संगालोखब...





























