विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले विभिन्न सञ्चारमाध्यममा आएका समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज अस्पतालले एक विज्ञप्ति जारी गर्दै ‘फोक्सोको डाक्टरले हड्डीको उपचार गर्न खोज्दा बिरामीको मृत्यु’ लगायत शीर्षकमा आएका समाचार प्रति आपत्ति जनाएको हो ।
अस्पतालले सत्यतथ्य नबुझी एकतर्फी ढङ्गले समाचार प्रकाशन गरेको भन्दै खेद प्रकट गरेको छ । यस्तै यसले आम मानिसमा भ्रम पैदा भएको भन्दै दुःख व्यक्त गरेको छ ।