‘ऋण नतिर्ने प्रवृत्तिले सहकारी सङ्कटमा’

‘ऋण नतिर्ने प्रवृत्तिले सहकारी सङ्कटमा’

धनकुटा । सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरूले समयमा फिर्ता नगर्दा सहकारीहरू थप सङ्कटमा परेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । आज धनकुटामा सम्पन्न ६८ औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा अभियन्ताहरूले सहकारी क्षेत्रमा देखा परेका चुनौतीबारे आवाज उठाएका हुन् । ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा मदनचोकबाट सुरु भएक...
हराएको आईफोन र नगद फेला पारि मोरङ प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझायो

हराएको आईफोन र नगद फेला पारि मोरङ प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझायो

विराटनगर । मोरङ प्रहरीले हराएको बहुमूल्य सामग्री फेला पारेर सम्बन्धित धनीलाई सकुशल बुझाएको छ । विराटनगर-३ की सीता खड्काले यात्राका क्रममा छुटाएको आईफोन र नगद एक लाख फेला पारेर प्रहरीले बुझाएको हो । चैत १६ गते भट्टा चोकबाट शनिमन्दिर जाँदै गर्दा उनले चढेको सीटी सफारी (प्र १-२०-००३ ह ६०९०) मा झोला छुटेको थियो । हराएको सामानबारे उनले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो । मोरङ प्रहरीले ...
लोपोन्मुख रेडपान्डा भोजपुरमा भेटिएपछि थालियो संरक्षण अभियान

लोपोन्मुख रेडपान्डा भोजपुरमा भेटिएपछि थालियो संरक्षण अभियान

भोजपुर । भोजपुरमा लोपोन्मुख हाब्रे ‘रेडपान्डा’ संरक्षण अभियान थालिएको छ । विश्वमै दुर्लभ मानिने रेडपान्डा भोजपुरमा भेटिन थालेपछी टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकामा रेडपान्डा संरक्षण कार्यक्रम थालिएको हो । रेडपान्डा नेटवर्कसँगको समन्वयमा सामूहिक अभियानले टेम्केमैयुङ–१ र साल्पासिलिछो–५ मा रेडपाण्डा संरक्षण अभियान सुरु गरेको छ । टेम्केमैयुङको मुन्दुम पदमार्ग आसपास क्षेत्रको वनमा रे...
धनकुटाबाट कारमा राखेर लैजाँदै गरेको तीन सय किलो गाँजासहित एक जना पक्राउ

धनकुटाबाट कारमा राखेर लैजाँदै गरेको तीन सय किलो गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कामछेकबाट तीन सय किलो गाँजासहित गएराती एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राती करिब ११ बजे भेडेटार–रवि राँके सडक खण्डमा को १ च ३४७८ नम्बरको कारमा राखेर लैजाँदै गरेको अवस्थामा गाँजा फेला परेको हो । गाँजा फेला परेपछि गाँजासहित कारमा सवार विराटनगर-१५ का २६ वर्षीय पृन्सकुमार शाहलाई नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी ...
धनकुटाको सुरुङ्गीमा घर जलेर नष्ट

धनकुटाको सुरुङ्गीमा घर जलेर नष्ट

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित सुरुङ्गीमा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । आज दिउँसो आगलागी हुँदा स्थानीय फुलमाया फागोको घर जलेर नष्ट भएको हो । दिउँसो करिब २ बजेबाट सुरु भएको आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । छेउमा पातपतिङ्गर जलाउने क्रममा घरमा आगो सल्किएको हो । आगोले घरभित्र भएका अधिकांश सामान जलेर नष्ट भएका छन...
भीमनारायण गोल्डकपमा साविक विजेता बिर्तामोडको विजयी सुरुवात

भीमनारायण गोल्डकपमा साविक विजेता बिर्तामोडको विजयी सुरुवात

धनकुटा । साविक विजेता टोली बिर्तामोड युनाइटेडले धनकुटामा जारी १७ औं संस्करणको भीमनारायण गोल्डकपमा विजयी सुरुवात गरेको छ । तल्लो टुँडिखेलमा आज भएको तेस्रो क्वाटरफाइनलमा चित्लाङ्ग फुटबल क्लब काठमाडौंलाई ३-१ गोल अन्तरले हराउँदै बिर्तामोडले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोडले गत बैशाखमा सम्पन्न १६ औं संस्करणको भीमनारायण गोल्डकपको उपाधि चुमेको थियो । १७ औं संस्करणमा पनि आफ्नो पहिलो खेलमा शा...
धनकुटाको महालक्ष्मीमा विद्युत सर्ट भएर आगलागी

धनकुटाको महालक्ष्मीमा विद्युत सर्ट भएर आगलागी

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ मुलखर्कमा विद्युत सर्ट भएर एक घरमा आगलागी भएको छ । आज बिहान स्थानीय नन्दकुमार थापाको ढुङ्गा, माटोले बनेको दुई तले घरमा आगलागी भएको हो । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार बिहान ८ बजेबाट सुरु भएको आगलागी एक घण्टामा नियन्त्रणमा आएको थियो । आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा र काठपात पूर्णरूपमा जलेर नष्ट भएको उनको भनाइ छ । आगलागीबाट...
धनकुटाबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

धनकुटाबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ सिन्कुलाबाट गएराती भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३२ बर्षीय तेजकुमार बिक र ३८ वर्षीय मनभा राई छन् । भरुवा बन्दुक बोकेर प्र–१–०२–०४७ प १८८० नम्बरको मोटरसाइकलमा ढुंग्रेबाट सिन्कुला आउँदै गर्दा राती करिब १० बजे उनीहरूलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । विकले चलाएको मोटरसाइकलमा ...
धनकुटामा वृहत मोटरसाइकल र्‍याली निकालेर एमालेले गर्यो गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन

धनकुटामा वृहत मोटरसाइकल र्‍याली निकालेर एमालेले गर्यो गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन

धनकुटा । नेकपा एमाले धनकुटाले आज धनकुटा बजारमा वृहत मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, यसबाट प्राप्त उपलब्धी र संविधानको रक्षाका लागि एमालेले वृहत जनजागरण मोटरसाइकल र्‍याली प्रदर्शन गरेको हो । सयौँ मोटरसाइकलको ताँतीसहित बसपार्कबाट सुरु भएको र्‍यालीले धनकुटा बजार परिक्रमा गरेको छ । र्‍याली बसपार्कबाट डाँडागाउँ, हुलाकटोल, वीचबजार, भीमनारायण चोक, माथ्लो कोप्चे, तल्लो...
भीमनारायण गोल्डकपः सुनसरीलाई हराउँदै उदयपुर सेमिफाइनल प्रवेश

भीमनारायण गोल्डकपः सुनसरीलाई हराउँदै उदयपुर सेमिफाइनल प्रवेश

धनकुटा । उदयपुरको गाइघाट फुटबल क्लब धनकुटामा जारी सहिद भीमनारायण गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । धनकुटाको तल्लो टुँडिखेलमा आज भएको खेलमा सुनसरीको ब्वाइज फुटबल क्लबलाई १-० गोलले हराउँदै उदयपुरले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको १६ औं मिनेटमा उदयपुरका जर्सी नम्बर १० का फोफानाले गरेको एक मात्र गोल नै टिमलाई जित दिलाउन पर्याप्त बन्यो । गोल गर्न नसक्दा प्रतियोगिताबाट सुनसरी बाहिरिएको छ । ...
भीमनारायण गाेल्डकप : आज ब्वाइज इटहरी र गाईघाट फुटबल क्लब भिड्दै

भीमनारायण गाेल्डकप : आज ब्वाइज इटहरी र गाईघाट फुटबल क्लब भिड्दै

धनकुटा । सहिद भीमनारायण गोल्डकपको १७ औं संस्करण अन्तरगत आजकाे खेलमा ब्वाइज फुटबल क्लब इटहरी र गाईघाट फुटबल क्लब उदयपुरबीच प्रतिष्पर्धा हुँदै छ । खेल अपराह्न चार बजेबाट सुरू हुनेछ । सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा आइतबारदेखि जारी प्रतियोगितामा ‘ए’ डिभिजनसहित आठ टिमको सहभागिता छ । उद्घाटन खेलबाटै आयोजक सहिद भीमनारायण स्मृति धनकुटा प्रतियोगिताबाट बाहिरीएको छ । सप्तरीको नम...
आज पनि सुनकाे मूल्यमा नयाँ रेकर्ड, कति पुग्याे ताेलामा ?

आज पनि सुनकाे मूल्यमा नयाँ रेकर्ड, कति पुग्याे ताेलामा ?

विराटनगर । सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे छ । आइतबार प्रतिताेला छ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएकाे सुनकाे मूल्यले आज एक हजार एक सय रुपैयाँ बढेर पुनः नयाँ रेकर्ड कायम गरेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७७ हजार नौ सय रुपैयाँमा काराेबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ७६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल...
आज इस्लाम धर्मावलम्बीहरूको इद पर्व

आज इस्लाम धर्मावलम्बीहरूको इद पर्व

विराटनगर । आज इस्लाम धर्मावलम्बीहरूले ईद उल फित्र अर्थात ईद पर्व मनाउँदै छन् । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा यो पर्व मनाइन्छ । इदलाई प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाई आदान-प्रदान गरेर उत्सवको रूपमा मनाउने चलन छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने प्रचलन छ । खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले...
धनकुटामा घाँस काट्न रूख चढेका व्यक्तिको लडेर मृत्यु

धनकुटामा घाँस काट्न रूख चढेका व्यक्तिको लडेर मृत्यु

धनकुटा । धनकुटामा रूखबाट लडेर एक जनाको मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका-३ सिरवानीका ५३ वर्षीय मन्दिर बहादुर राईको मृत्यु भएको हो । आइतबार आफ्नै बारीमा टाँकीको रूखमा चढेर घाँस काट्ने क्रममा लडेर राई घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । शव जिल्ला अस्पतालको शव गृहमा राखिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । घ...
धनकुटामा एमालेले वृहत मोटरसाइकल र्‍याली प्रदर्शन गर्ने

धनकुटामा एमालेले वृहत मोटरसाइकल र्‍याली प्रदर्शन गर्ने

धनकुटा । नेकपा एमाले धनकुटाले सोमबार धनकुटामा वृहत मोटरसाइकल र्‍याली प्रदर्शन गर्ने भएको छ । प्रतिगामी हर्कतको विरोध गर्दै एमालेले मोटरसाइकल र्‍यालीमार्फत शक्ति प्रदर्शन गर्न लागेको हो । अहिले गणतन्त्रको विरोध गर्दै राजतन्त्र फर्काउनुपर्ने आवाज उठ्न थालेको छ, राजतन्त्र पक्षधरले आन्दोलनका नाममा अराजक गतिविधि गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ । अराजक र प्रतिगामी हर्कतविरुद्ध उत्रिएको एमालेले धन...
एमाले महानगर कमिटीद्वारा विराटनगरमा सरसफाइ

एमाले महानगर कमिटीद्वारा विराटनगरमा सरसफाइ

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले जागरण अभियान अन्तरगत आज सरसफाइ गरेको छ । विराटनगरको तीनपैनीमा भेला भएका एमाले नेता कार्यकर्ताहरूले सडकमा रहेको फोहोर उठाउँदै झाडु लगाएर सफा गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्यहरू जीवन घिमिरे, रामलाल साह, नैनकला ओझा, प्रदेश कमिटी सदस्य एवम् विराटनगर महानगरका इन्चार्ज पर्शुराम बस्नेत, जिल्ला उपाध्यक्ष सागर थापालगायतका नेताहरू सरसफाइमा सहभागि थ...
सोमबार सार्वजनिक बिदा

सोमबार सार्वजनिक बिदा

विराटनगर । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इदका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन् ।
भीमनारायण गोल्डकप: आयोजक धनकुटालाई हराउँदै सप्तरीको विजयी सुरुवात

भीमनारायण गोल्डकप: आयोजक धनकुटालाई हराउँदै सप्तरीको विजयी सुरुवात

धनकुटा । सप्तरीको नमोबुद्ध युथ फुटबल क्लबले सहिद भीमनारायण गोल्डकपमा विजयी सुरुवात गरेको छ । धनकुटाको तल्लो टुँडिखेलमा आजबाट सुरु भएको प्रतियोगिताको उद्‌घाटन खेलमा आयोजक सहिद भीमनारायण प्रतिष्ठान धनकुटालाई ३-१ गोल अन्तरले पराजित गर्दै नमोबुद्धले विजयी सुरुवात गरेको हो । खेलको १७ औं मिनेटमा नमोबुद्धका जर्सी नम्बर ६ का निर्मल घिसिङले गोल गर्दै टिमको खाता खोले । ३२ औं मिनेटमा नमोबुद्धका जर्सी नम्ब...
यसरी भयो भीमनारायण गोल्डकपको उद्‌घाटन (फोटो फिचर)

यसरी भयो भीमनारायण गोल्डकपको उद्‌घाटन (फोटो फिचर)

धनकुटा । धनकुटामा आजबाट सुरु भएको भीमनारायण गोल्डकपको पहिलो खेलमा आयोजक धनकुटा र नमोबुद्ध युथ फुटबल क्लब सप्तरीबीच प्रतिष्पर्धा भइरहेको छ । यो समाचार तयार पार्दासम्म दुबै टोलीले गोल गर्न सकेका छैनन् । तस्बिरमा हेर्नुहोस् आजको उद्‌घाटन समारोह– तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
धनकुटामा भीमनारायण गोल्डकप सुरु

धनकुटामा भीमनारायण गोल्डकप सुरु

धनकुटा । धनकुटामा आजबाट भीम नारायण गोल्डकप सुरु भएको छ । सहिद भिमनारायण प्रतिष्ठानको आयोजनामा १७ औं संस्करणको गोल्डकप आजबाट सुरु भएको हो । धनकुटाको तल्लो टुँडिखेलमा प्रतियोगिता भइरहेको छ । आजको पहिलो उद्‌घाटन खेलमा आयोजक धनकुटा र नमोबुद्ध युथ फुटबल क्लब सप्तरीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा आठ टिमको सहभागिता छ । चैत २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले सात लाख र...
महावीर पुन विराटनगरमा सम्मानित

महावीर पुन विराटनगरमा सम्मानित

विराटनगर । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुन विराटनगरमा सम्मानित भएका छन् । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले आफ्नो आत्मकथामा आधारित पुस्तक बिक्री गर्न आएका पुनलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको हो । पुनलाई निमन्त्रणा गरेर मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले माला, खादा, अबिर र...
विराटनगरमा सोमबारदेखि इक्युवालिटी कप क्रिकेट हुँदै

विराटनगरमा सोमबारदेखि इक्युवालिटी कप क्रिकेट हुँदै

विराटनगर । विराटनगरमा सोमबार देखि चौथो संस्करणको इकयुवालिटी कप टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजना तथा मयारिलिबोन क्रिकेट क्लब र क्रिकेट विथआउट बाउन्ड्रिजसँगको सहयोगमा प्रतियोगिता हुन लागेको हो । विराटनगर-६ स्थित ‘म्यारिलिबोन विराटनगर ज्वाला क्रिकेट ग्राउण्ड’ मा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रति...
सिरहाको मिर्चैयामा मापदण्ड विपरीत सञ्चालनमा रहेका १३ अस्पताल बन्द

सिरहाको मिर्चैयामा मापदण्ड विपरीत सञ्चालनमा रहेका १३ अस्पताल बन्द

विराटनगर । सिरहाको मिर्चैयामा अवैधरूपमा सञ्चालित १३ वटा निजी अस्पताल बन्द गरिएको छ । शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा गएको अनुगमन टोलीले मापदण्डविपरीत सञ्चालनमा रहेका अस्पताल बन्द गरेको हो । अनुगमन गरिएका १४ अस्पतालमध्ये १३ वटा अवैध रहेको जनाइएको छ । सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, बालकल्याण हेल्थ केयर, समित माउन्ट हस्पिटल र एसजेके पोलिक्...
उदयपुरबाट बेवारिसे अवस्थामा आठ सय ९१ किलो गाँजा बरामद

उदयपुरबाट बेवारिसे अवस्थामा आठ सय ९१ किलो गाँजा बरामद

विराटनगर । उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । बेलका नगरपालिका-६ असारे स्थित मूर्तिखोलाबाट सशस्त्र प्रहरीले आठ सय ९१ किलो गाँजा बरामद गरेको हो । शनिबार साँझ सशस्त्रले ठूलो परिमाणमा गाँजा लुकाएर राखेको भन्ने गोप्य सूचना पाएको थियो । सोही सूचनाका आधारमा खटिएको टोलीले गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । गाँजा ओसारपसारमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त क्षेत्र हुँद...
सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार एक हजार चार सय रुपैयाँ बढेर हालसम्मकै उच्च भएको सुनको मूल्यले आज छ सय रुपैयाँ बढेर पुनः नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । शु...
भोजपुरले जित्यो सहिद प्रकाश थापा स्मृति कप भलिबलको उपाधि 

भोजपुरले जित्यो सहिद प्रकाश थापा स्मृति कप भलिबलको उपाधि 

धनकुटा । पाँचौँ सहिद प्रकाश थापा स्मृति कप अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ । धनकुटाको सहिदभूमि गाउँपालिका-१ स्थित घंगरुमा शनिबार सम्पन्न खेलमा मोरङको बेलबारी नगरपालिकालाई हराउँदै षडानन्दले उपाधि जितेको हो । बेलबारीलाई २५-१८, २५-२१, २२-२५ र २५-२१ को सेटमा षडानन्दले हराएको थियो । विजेता बन्दै षडानन्द नगरपालिकाले एक लाख २१ हजार र उप...
भिमनारायण गोल्डकपको तयारी पुरा

भिमनारायण गोल्डकपको तयारी पुरा

धनकुटा । धनकुटामा आगामी चैत १७ गतेबाट सुरु हुने भिमनारायण गोल्डकपको तयारी पूरा भएको छ । सहिद भिमनारायण प्रतिष्ठानको आयोजनामा हुन लागेको १७ औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने जानकारी दिएको छ । प्रतियोगितामा आयोजकसँगै सप्तरीको नमो बुद्ध युथ फुटबल क्लब, काठमाडौको चितलाङ्ग फुटबल क्लब र झापाको बिर्तामोड युनाइटेड क्...
पत्रकार हत्या र सञ्चार गृहमा आक्रमण गर्नेमाथि कारबाहीकाे माग

पत्रकार हत्या र सञ्चार गृहमा आक्रमण गर्नेमाथि कारबाहीकाे माग

धनकुटा । पत्रकार हत्या र सञ्चार गृहमाथि भएको आक्रमणको विरोधमा धनकुटाका पत्रकारहरू पनि आन्दोलित भएका छन् । शुक्रबार राजावादीको प्रदर्शनमा एभिन्युज टेलिभिजनका पत्रकार  सुरेश रजकको हत्या तथा विभिन्न सञ्चार गृहमा तोडफोड गरिएको भन्दै आज पत्रकार महासङ्घ धनकुटाले विरोधसभा आयोजना गरेको हो । उनीहरूले पत्रकारलाई जिउँदै आगो लगाएर हत्या गर्ने र सञ्चार माध्यममाथि तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्...
राजावादी अराजक बन्दा रणभूमि बन्यो काठमाडौं

राजावादी अराजक बन्दा रणभूमि बन्यो काठमाडौं

काठमाडौं । राजावादीको प्रदर्शन अराजक र हिंसात्मक बनेपछि काठमाडौंको तीनकुने क्षेत्र शुक्रबार रणभूमिमा परिणत भएको छ । प्रहरीले शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेपनि राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरुदेखि नै झडपको अवस्था सिर्जना भयो । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थाप...
राजावादीले घरमा आगो लगाउँदा जलेर पत्रकारको मृत्यु

राजावादीले घरमा आगो लगाउँदा जलेर पत्रकारको मृत्यु

काठमाडौँ । काठमाडौंको तीनकुनेमा राजावादीले घरमा आगो लगाउँदा जलेर पत्रकारको मृत्यु भएको छ । दृष्य खिच्न घरमा चढेका बेला आन्दोलनकारीले आगो लगाउँदा जलेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको हो । आन्दोलनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगो लगाएका थिए । सोही क्रममा पत्रकार रजक आगोमा जलेका हुन् । उनी घरको चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए ।
राजावादीको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु

राजावादीको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । राजावादीले शुक्रबार काठमाडौंको तिनकुनेमा गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका कीर्तिपुर-४ बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पताल ल्याएलगत्तै डाक्टरले उनलाई मृत घोषित गरेका हुन् । मृत...
error: Content is protected !!