नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक विराटनगरका दाहालको निधन
विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक गोविन्दप्रसाद दाहालको निधन भएको छ । विराटनगर–३ बुद्ध चोक निवासी ६० वर्षीय दाहाललाई क्यान्सर भएको पुष्टि भएको थियो । भारतको नयाँ दिल्लीमा उपचार गरी शनिबार साँझ उनलाई घर ल्याइएको थियो ।
स्वास्थ्यमा समस्या भएपछि उनलाई आइतबार बिहान नोवेल अस्पताल लगिएको थियो । उपचारका क्रममा दिउँसो उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
गौतम बुद्ध अन्तर्...





























