
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार चार सय रुपैयाँ बढेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ८५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि एक सय १० रुपैयाँ बढेको छ । महासङ्घका अनुसार चाँदी प्रतितोला चार हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला चार हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 



















