झापाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
विराटनगर । झापाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका-२ घर भएका २४ वर्षीय दिलवर खान रहेका छन् ।
१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । खानले ती बालिकालाई मेचीनगर नगरपालिका-९ संगम चोकस्थित साइकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।
सोही उज...



























