सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्छ : राजेन्द्र राई
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्रकुमार राईले पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशनमा समर्थन जनाएका छन् ।
अनशनरत स्थलमा पुगेका राईले कार्कीले उठाएका मागहरू जायज भएका कारण आन्दोलनमा पार्टीले समर्थन गरेको बताए ।
सरकारले अहिले नै माग पूरा गर्न सक्दैन भने पनि वार्तामा आएर समाधान खोज्नतर्फ लाग्नुपर्ने उनले बताए ।
‘अनशन भनेको आन्दोलनको सबैभन...






























