विराटनगरमा २० तोला सुन र ३६ केजी चाँदी चोरी गर्ने तीन जना पक्राउ
विराटनगर । विराटनगरबाट २० तोला सुन र ३६ केजी चाँदी चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास छन् ।
जेठ ३ गते विराटनगर–३ का जय किशोर चौधरीको घरमा २० तोला सुन र ३६ केजी चाँदी चोरी भएको थियो । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले उक्त घटनाको अनुसन्धानका लागि ८ जनाको टोली परिचालन ...































