संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ माथिल्लो आन्द्रुङबाट अवैध काठ बरामद भएको छ । काठसहित प्र.१-०२-००३ त १७४४ नम्बरको ट्याक्टर र चालक महालक्ष्मी-७ जितपुरका २९ वर्षीय विजय दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

ट्याक्टरमा सालको चिरान काठ ६० थान अर्थात ६९.१९ क्यूफिट फेला परेको छ ।

त्यस्तै, सालको बाकल १४ थान र रुद्राक्षको चिरान काठ १७ थान अर्थात ८.६९ क्यूफिट बरामद भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । ‘अहिले सालको काठ काट्न मिल्दैन, कुनै अनुमति बिनानै काठ काटेर लैजाँदै गरेको भेटिएपछि काठसहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएका छौ,’ डीएसपी भण्डारीले भने ।

प्रहरीले काठसहित ट्याक्टर र चालकलाई कारवाहीका लागि आज डिभिजन वन कार्यालय धनकुटामा बुझाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!