संगालोखबर


विराटनगर । विराटनगरमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषधविरुद्धको महाअभियान अन्तरगत विराटनगर-१६ स्थित सिमा क्षेत्रमा चेकजाँच गर्दा चालक र पैदलयात्री पक्राउ परेका हुन् ।

सोमबार लागूपदार्थ सेवन तथा प्रयोगकर्तालाई नियन्त्रण गर्ने उद्देश्यले गरिएको चेकजाँचमा १२ जना सफारी चालक, एक जना अटो चालक र एक जना पैदलयात्रीलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

Advertisement

पक्राउ पर्नेमा विराटनगर-१३ का विवेक महतो, विराटनगर-६ का राहुल सहनी, विराटनगर-११ का सुनिल प्रसाद नेपाली, विराटनगर-१७ का प्रदिप खड्का, विराटनगर-६ का सुमनसा सुनार, र विराटनगर-१६ का श्रवण सहनी छन् ।

यस्तै विराटनगर-६ का अनिराज बास्फोर, विराटनगर-१४ का बिरु खत्वे, विराटनगर-४ का बासुदेव उराव, विराटनगर-५ का कालुराम पासवान, संजय पासवान, बुढीगंगा-२ का सन्तोष साह, बेलबारी-११ सुकुम लिम्बु र पैदलयात्री इटहरी-५ का ईश्वर डाँगी पक्राउ परेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!