
दाङ । झुट्टो विवरण पेश गरी विदेशीलाई नेपाली नागरिकता दिलाएको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका-४ का वडाध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर) सहित चार जना छन् ।
प्रहरीका अनुसार सोही वडाका वडा सचिव राजेश कुमार कहार, तत्कालीन कार्यालय सहायक मिना चौधरी र राजपुर गाउँपालिका-४ का आलम जोल्हा पक्राउ परेका हुन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा नागरिकता प्राप्त गर्न अयोग्य गैरनेपाली नागरिक आलम जोल्हालाई राजपुर गाउँपालिका-४ निवासी स्वर्गीय सनाउल्ला जोल्हाको छोरा देखाई गैरकानूनी रूपमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको खुलेको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 

















