विराटनगर र इटहरीमा कारको ठक्करले दुई जनाको मृत्यु

विराटनगर र इटहरीमा कारको ठक्करले दुई जनाको मृत्यु

विराटनगर । विराटनगर र इटहरीमा कारको ठक्करले गएराति दुईजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ पिपलचोकस्थित कोशी राजमार्गमा कार र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको हो । को १ च ५१९१ नम्बरको कार र मधेस प्रदेश ०१–००४ प २७८४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक मोरङको बुढीगंगा गाउँपालिका–५ का ४० को फेकुलाल सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनको न...
झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

विराटनगर । झापा र सुनसरीका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर गएराति दुई जनाको मृत्यु भएको छ । पैनीमा बिजुलीको तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा झापाको हल्दीबारी गाउँपालिका–४ का ३३ वर्षीय नरेश मोक्तानको मृत्यु भएको हो । प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि स्वास्थ्य संस्था लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यसैगरी, सुनसरीको हरिनगर गाउँपालिका–२ का ६...
गाँजा नियन्त्रणमा लिन सुनसरीमा प्रहरीले चलायो गोली, कार छाडेर चालक फरार

गाँजा नियन्त्रणमा लिन सुनसरीमा प्रहरीले चलायो गोली, कार छाडेर चालक फरार

सुनसरी । गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीले सुनसरीमा आज दिउँसो गोली चलाएको छ । भारतीय नम्बर प्लेटको कारबाट एक क्विन्टल गाँजा नियन्त्रणमा लिइएको छ । डब्लूबी ७४ एस २५३१ नम्बरको कारमा लोड गरिएको गाँजा नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । धरान–१५, श्यामचोकबाट पानबारी जाने सेउती पुलमा गस्तीमा रहेको प्रहरीलाई छलेर भाग्न खोज्दा हवाई फायर गर्नुपरेको प्रहरीको भनाइ छ । जिल्ला प्रह...
धरानको होटलमा जुवातास खेल्ने आठजना पक्राउ

धरानको होटलमा जुवातास खेल्ने आठजना पक्राउ

सुनसरी । धरान उपमहानगरस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कञ्चनजङ्घा होटल एन्ड लजको ३०३ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा होटल सञ्चालिका ४९ वर्षीया प्रमिला योङदेनसमेत आठजना छन् । अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूलाई गएराति प्रहरीले पक्राउ गरेको हो । इलाक...
सुनसरीको भन्टाबारीमा दुर्व्यसनी निगरानी कक्ष स्थापना

सुनसरीको भन्टाबारीमा दुर्व्यसनी निगरानी कक्ष स्थापना

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ मा लागूऔषध दुर्व्यसनी निगरानी कक्ष स्थापना गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालको प्रमुख आतिथ्य तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रममा कक्षको उद्‌घाटन गरिएको हो । प्रमुख अतिथि दाहालले समाजमा डरलाग्दो समस्याको रुपमा रहेको लागूऔषधको प्रयोगले आपराधिक घट...
काठमाडौँबाट धरान आइरहेको बस चितवनमा ट्रकसँग ठोक्किँदा १० जना घाइते

काठमाडौँबाट धरान आइरहेको बस चितवनमा ट्रकसँग ठोक्किँदा १० जना घाइते

सुनसरी । काठमाडौँबाट सुनसरीको धरान आइरहेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५, पम्फा पुलमा ट्रकसँग ठोक्किँदा १० जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट धरान आइरहेको बा प्र०१–००६ख ४७९९ नम्बरको बस र  ना६ख ५९२७ नम्बरको ट्रक आज बिहान ठोक्किएका थिए । प्रहरीका अनुसार घाइतेमध्ये सातजनाको अवस्था मध्यम छ भने तीनजनाको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेह...
इटहरीमा डेढ वर्षीया बालिकाको हत्या

इटहरीमा डेढ वर्षीया बालिकाको हत्या

सुनसरी । सुनसरीको इटहरीमा डेढ वर्षीया आइन्सु लुइँटेलको हत्या भएको छ । नातामा बालिकाको काका पर्ने इटहरी-५ पचरुखीमा बस्दै आएका शालिग्राम लुइँटेलले हिजो अपराह्‍न बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । ब्लेड प्रयोग गरी बालिकाको वीभत्स तरिकाले हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । हत्यामा प्रयोग गरिएको ब्लेडसहित ३० वर्षीय शालिग्रामलाई प्रहरीले पक्राउ गरेको छ । लुइँटेलले केही वर्ष अघिदेखि डिप्रेसनको...
बाल शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने देश विदेशका प्रतिनिधि इटहरीमा

बाल शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने देश विदेशका प्रतिनिधि इटहरीमा

सुनसरी । बालबालिकाको शिक्षा र स्वास्थ्यमा क्रियाशील ‘किवानिज इन्टरनेसनल डिस्ट्रिक्ट नेपाल’ को छैटौं सम्मेलन आजदेखि सुनसरीको इटहरीमा हुने भएको छ । सम्मेलनमा विदेशका प्रतिनिधिसहित ५ सयभन्दा बढीको सहभागिता हुने डिस्ट्रिक्ट गभर्नर तीर्थकुमार सिंहले जानकारी दिए । किवानिज क्लब अफ इटहरीको आयोजनामा हुने कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने तय भएको क्लबकी अध्यक्ष मनि...
धरानमा एकै उपभोक्ताको खानेपानी महसुल झण्डै ५० लाख !

धरानमा एकै उपभोक्ताको खानेपानी महसुल झण्डै ५० लाख !

सुनसरी । खानेपानी महसुल वृद्धि लगायत विषयमा विवाद चर्किरहेका बेला धरानमा एकजना उपभोक्ताको खानेपानीको बिल करिब ५० लाख रुपैयाँ आएको छ । धरान उपमहानगरपालिका–१६ साँगुरी मार्गकी सीतादेवी डाँगीको निजी धाराको नाममा ४९ लाख ९९ हजार २ सय रुपैयाँको पानीको बिल आएको हो । खानेपानी बोर्डले साउन १२ गते डाँगीको नाममा बिल काटेको हो । बिलमा हालको युनिट ९९ हजार ९ सय ९९ सय उठेको लेखिएको छ । खपत बिल पनि ९९ हजार ९ सय...
कोशी इँटा उद्योग व्यवसायी संघमा नयाँ नेतृत्व

कोशी इँटा उद्योग व्यवसायी संघमा नयाँ नेतृत्व

विराटनगर । कोशी इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा खगेन्द्र श्रेष्ठ चयन भएका छन् । सुनसरीको इटहरीमा सम्पन्न संघको १२ औं साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा लिलाराज पराजुली, महासचिवमा राजनकुमार तिमल्सिना, सचिवमा रोमन कटेल र कोषाध्यक्षमा सन्तोष भगत चयन भएका छन् । तत्कालीन कोशी अञ्चलका व्यवसायीहरू सङ्गठित भएर स्थापना गरिएको यो संघम...
इटहरी आइपुग्यो नगर बस, विराटनगरमा कहिले ?

इटहरी आइपुग्यो नगर बस, विराटनगरमा कहिले ?

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर बस सञ्चालन गर्न तयारी थालेको छ । यसका लागि चीनबाट चारवटा बस ल्याइएको छ । नगर क्षेत्रभर सहज र सरल रूपमा यातायातको सेवा पुर्याउने उद्देश्यले नगरबस खरिद गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । इटहरीले खरिद गरेको नगर बस सोमबार आइपुगेका छन् । एउटा बस करिब डेढ करोड लागतको रहेको जनाइएको छ । इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष दिव...
बाढी पहिरोले सुनसरी र सङ्खुवासभामा सडक अवरूद्ध

बाढी पहिरोले सुनसरी र सङ्खुवासभामा सडक अवरूद्ध

विराटनगर । बाढी र पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बुलेटिन जारी गरी अविरल वर्षापछि बाढी पहिरो आउँदा विभिन्न ठाउँका मुख्य सडकदेखि सहायक सडक अवरुद्ध भएको जानकारी दिएको हो । सुनसरी धनसारेमा आज पहिरो जाँदा बराहक्षेत्र नगरपालिका–१, धनसारेमा पर्ने चतरा–बराह क्षेत्र भित्री सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ । पहिरोले उक्त सडकखण्ड अवरुद्ध बनेपछि आवागमन प्रभावित बने...
खानेपानी शुल्क वृद्धिविरुद्ध धरानको महसुल सङ्कलन केन्द्रमा ताला

खानेपानी शुल्क वृद्धिविरुद्ध धरानको महसुल सङ्कलन केन्द्रमा ताला

सुनसरी । धरानका १० राजनीतिक दलले शुल्क वृद्धिको विरोधमा आज खानेपानी बोर्डको महसुल सङ्कलन काउन्टरमा ताला लगाएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एसियाली विकास बैङ्कको ऋण तिर्नका लागि महसुल बढाएको भन्दै फिर्ता नहुने बताएका थिए । त्यसपछि आक्रोशित बनेका राजनीतिक दलका नेता कार्यकर्ताले धरान उपमहानगरपालिका वडा नम्बर ११, १५ र १६ मा रहेका खानेपानी महसुल काउन्टरमा ताला लगाएका हुन् । आन्द...
धरानमा खानेपानी महसुल वृद्धिविरूद्ध प्रदर्शन

धरानमा खानेपानी महसुल वृद्धिविरूद्ध प्रदर्शन

सुनसरी । धरान खानेपानी व्यवस्थापन बोर्डले अत्यधिक रुपमा महसुल र अन्य शुल्क वृद्धि गरेको भन्दै आज सर्वदलीय संघर्ष समितिले धरानमा विरोध प्रदर्शन गरेको छ । खानेपानीको जडान शुल्क र महसुल बढाइएपछि राजनीतिक दलहरूले विरोध गर्दै आएका थिए । निर्धारित कार्यक्रमअनुसार उनीहरुले आज धरान नगरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वसाधारणको वृहत् सहभागिता थियो । धरानमा ...
इटहरीमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु

इटहरीमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु

सुनसरी । सुनसरीको चौरस्ता बजार इटहरीमा ट्रकको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ । आज अपराह्न इटहरी उपमहानगरपलिका–६ मा विराटनगरबाट आउँदै गरेको प्रदेश १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द नगरपालिका–१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार ट्रकको ठक्करले उनको घटनास्थलमै मृत्यु भएको थियो । ट्रक चालक धरान उपमहानगरपालिका–१३ का ४५ वर्षीय गोवि...
धरानमा खानेपानी जडान शुल्क र महसुल बढाइएपछि दलहरू आन्दोलित

धरानमा खानेपानी जडान शुल्क र महसुल बढाइएपछि दलहरू आन्दोलित

सुनसरी । धरान उपमहानगरपालिकामा खानेपानीको जडान शुल्क र महसुल बढाइएपछि राजनीतिक दलहरूले विरोध गरेका छन् । शुल्क वृद्धिविरुद्ध उनीहरूले आन्दोलनको घोषणा गरेका छन् । धरानमा क्रियाशील १० राजनैतिक दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न माग राख्दै यसअघि धरान खानेपानी व्यवस्थापन बोर्डमा ज्ञापनपत्र बुझाएका थिए । त्यसको सुनुवाइ नभएपछि दलहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । चालु आर्थिक वर्...
इटहरीका युवक काठमाडौँमा बसभित्र मृत भेटिए

इटहरीका युवक काठमाडौँमा बसभित्र मृत भेटिए

सुनसरी । काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखिएको बसभित्र सुनसरीको इटहरीका एक युवक मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक राखिएको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको हो । प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्हाद अधिकारी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी न...
लागूऔषधसहित ९ जना पक्राउ

लागूऔषधसहित ९ जना पक्राउ

विराटनगर । मोरङ, सुनसरी र उदयपुरबाट लागूऔषधसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट विभिन्न नामका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–८ की २७ वर्षीया एलिसा महतो, मोरङको रतुवामाईका २० वर्षीय असिम माझी र मोरङको रङ्गेली घर भई हाल सुन्दरहरैँचा–९ बस्ने १९ वर्षीय अभिषेक दमाइ महतरा पक्राउ परेका हुन् । यसैगरी, सुन्दरहरैँचाकै १८ वर्षीय सुशान्त विश्वकर्...
दुहबीमा सिटी सफारी दुर्घटना हुँदा ६ जना घाइते

दुहबीमा सिटी सफारी दुर्घटना हुँदा ६ जना घाइते

सुनसरी । सुनसरीको दुहबीमा गएराति सिटी सफारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । खनारतर्फ जाँदै गरेको प्र १–२०–००३ ह ५५८१ नम्बरको सिटी सफारी दुहबी नगरपालिका–८ सोनापुरमा अनियन्त्रित भइ पल्टिएको थियो । दुर्घटनामा चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूमा चालक स्थानीय २२ वर्षीय मोहम्मद अरवाज, यात्रुहरू इटहरीकी १८ वर्षीया निशा सरदार छन् । यसैगरी, २७ वर्षीया रिता सरदार, २२ वर्षीय अर...
सुनसरी र मोरङमा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

सुनसरी र मोरङमा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

विराटनगर । सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानमा खोलामा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का विष्णु परियारकी सात वर्षीया छोरी बिबिशा परियारको सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, मोरङको सुनवर्षी नगरपालिका–७ सुकुम्बासी टोलका श्रीकुमार ऋषिदेवका ९ वर्षीय छोरा अमन ऋषिदेवको स्थानीय मरिया खोलामा पौ...
गाडीको ठक्करले सुनसरीमा दुईजना पैदलयात्रीको मृत्यु

गाडीको ठक्करले सुनसरीमा दुईजना पैदलयात्रीको मृत्यु

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका र कोशी गाउँपालिकामा गएराति भएका बेग्लाबेग्लै दुर्घटनामा दुईजना पैदलयात्रीको मृत्यु भएको छ । दुवैजनाको उपचारका क्रममा विराटनगरका अस्पतालमा मृत्यु भएको हो । कोशी गाउँपालिका–२ मा मधुवनबाट लौकही आउँदै गरेको प्रदेश १–०२–००४ ह १४०६ नम्बरको सिटी सफारीले ठक्कर दिंदा पैदलयात्री स्थानीय ६५ वर्षीया मालतीदेवी साहको मृत्यु भएको हो । ठक्करले गम्भीर घाइते भएकी उनको उपचा...
सुनसरीमा सवारी दुर्घटनाः दुईजनाको मृत्यु

सुनसरीमा सवारी दुर्घटनाः दुईजनाको मृत्यु

सुनसरी । सुनसरीका बेग्लाबेग्लै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्युु भएको छ । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार हिजो साँझ भएका दुर्घटनामा मृत्यु हुनेमा एकजना महिला छिन् । हरिनगरा गाउँपालिका–२ स्थित हुलाकी सडकमा भुटाहाबाट हरिनगरा जाँदै गरेको बीआर ३८ एक्स ८२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ५० वर्षीया दुखनीदेवी दासको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करले गम्भ...
कुटपिटबाट सुनसरीको बराहक्षेत्रका बालकको मृत्यु

कुटपिटबाट सुनसरीको बराहक्षेत्रका बालकको मृत्यु

सुनसरी । सुनको मुन्द्री खोस्ने प्रयासमा कुटपिट हुँदा सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय ४५ वर्षीय वीरबहादुर विश्वकर्माले कुटपिट गर्दा बिक्रम बिकका ६ वर्षीय छोरा अबि बिकको हिजो साँझ मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका वीरबहादुरले ती बालकले कानमा लगाएको सुनको मुन्द्री तानेर आफूले लिने प्रयास गरेका थिए । त्यस क्रममा बालकले नमान्दा उनले निर्घ...
संगठित रुपमा लागुऔषध कारोबार गर्ने ५ जना पक्राउ

संगठित रुपमा लागुऔषध कारोबार गर्ने ५ जना पक्राउ

सुनसरी । धरानबाट ठूलो परिमाण लागूऔषधसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा र धरानका साथै भारतीय नागरिकसमेत छन् । धरानस्थित १७ वर्षीया एक किशोरीको कोठाबाट लागूऔषध बरामद गरिएको छ । पक्राउ पर्नेमा धरान–४ का २६ वर्षीय मदन राई, १९ वर्षीय सचिन राई, धनकुटा–३ कागतेका ४५ वर्षीय चन्द्रध्वज राई र भारतको अररिया जिल्लाअन्तर्गत जोगबनीका २८ वर्षीय रविकुमार सिंह छन् । पक्राउ परेकी किशो...
सुनसरीको श्रीपुरमा दुर्घटनाः एकजनाको मृत्यु ३ घाइते

सुनसरीको श्रीपुरमा दुर्घटनाः एकजनाको मृत्यु ३ घाइते

सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा दुईजना मोटरसाइकल जुधेर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुवै मोटरसाइकलका गरी तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार कोशी गाउँपालिका–६ श्रीपुरस्थित सडकमा प्र.१–०४–००१ प ०१०५ नम्बरको मोटरसाइकल र प्र.१–०२–०४१ प ४४९५ नम्बरको मोटरसाइकल गएराति एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा प्र.१–०२–०४१ प ४४९५ नम्बरको मोटरसाइकल चालक कोशी गाउँपालिका–६ का प्रकाश भगतको मृ...
‘जलसमाधि लिँदैछु’ लेखेर हिँडेका सहप्राध्यापकको अवस्था अझै अज्ञात

‘जलसमाधि लिँदैछु’ लेखेर हिँडेका सहप्राध्यापकको अवस्था अझै अज्ञात

सुनसरी । नौ दिनदेखि सम्पर्कविहीन बनेका सुनसरीको इटहरी निवासी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा समालोचक प्रा. डा. रामजी तिम्सिनाको अवस्था अझै अज्ञात छ । ‘म वराहक्षेत्रमा जलसमाधि लिँदैछु । अलबिदा’ भन्ने लेखेर घरबाट हिँडेका उनीबारे हालसम्म केही पत्तो लागेको छैन । परिवार, आफन्त र प्रहरीले उनको निरन्तर खोजी गरिरहेका छन् । उनले उल्लेख गरेको वराह क्षेत्र आसपास प्रहरी टोली परिचालन गरेर खोजी गर्...
सुनसरीमा चार ट्रक खयर काठ वन कार्यालयद्वारा नियन्त्रण

सुनसरीमा चार ट्रक खयर काठ वन कार्यालयद्वारा नियन्त्रण

सुनसरी । रामेछापबाट अवैध रुपमा ल्याएको आशंकामा डिभिजन बन कार्यालय सुनसरीले चारवटा ट्रकमा लोड गरिएको खयरको काठ नियन्त्रणमा लिएको छ । सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगको नाममा ल्याइएको नियन्त्रणमा लिइएको हो । डिभिजन बन कार्यालय सुनसरीका प्रमुख धर्मनाथ यादवका अनुसार बा प्र ०१००६ ख २१११, बा.प्र. ०१००६ ख ३३४९, म. प्र. ०३००२ ख ००९५ र क. प. ०२००१ ख ०४१९ नम्बरको ट्रकलाई शंका लागी नियन्त्रणमा लिइएको...
सुनसरीको गढीका युवकको क्यानाडामा मृत्यु

सुनसरीको गढीका युवकको क्यानाडामा मृत्यु

सुनसरी । सुनसरीको गढी गाउँपालिकाका ३२ वर्षीय उदेश थान्दारको क्यानाडामा मृत्यु भएको छ । अन्टारियोको थण्डर वे सहरमा श्रीमतीसहित बस्दै आएका थान्दारको हृदयघातका कारण मृत्यु भएको एनआरएन क्यानाडाले जनाएको छ । उनी उच्च शिक्षा अध्ययनका लागि क्यानाडा गएकी श्रीमतीको आश्रितका रुपमा ६ महिनाअघि क्यानाडा गएर थण्डर वेमा बस्दै आएका थिए । एनआरएनए, क्यानाडाले थान्दारको अन्तिम संस्कार लगायतका आवश्यक विषयमा सहयोग ...
मोरङ र सुनसरीका केही क्षेत्रमा भारी वर्षा, सतर्कता अपाउन आग्रह

मोरङ र सुनसरीका केही क्षेत्रमा भारी वर्षा, सतर्कता अपाउन आग्रह

विराटनगर । मोरङ र सुनसरीका विभिन्न स्थानमा आज बिहानैदेखि भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । सूचना जारी गर्दै विभागले विभिन्न खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन भनेको हो । सुनसरीका चतरा, धरान, इटहरी तथा मोरङका केराबारी, लेटाङ, हरैँचा, भाउन्ने र आसपास क्षेत्रमा भारी वर्षा भइरहेको विभागले जनाएको छ । ती क्षेत्रमा दिउँसोसम्म अझ बढी वर्षा हु...
निरन्तर घट्दै कोशीमा पानीको बहाव

निरन्तर घट्दै कोशीमा पानीको बहाव

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर घट्ने क्रममा छ । शनिबार साँझसम्म तीव्र रुपमा बढेको बहाव आइतबार बिहानदेखि घट्न थालेको हो । हाल कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये ४२ ढोका खोलिएका छन् । आज बिहान सप्तकोसीमा पानीको बहाव २ लाख ६१ हजार ७१० क्युसेकमा झरेको छ । यसअघि आइतबार ३ लाख ९३ हजार ७१५ क्युसेक पानीको बहाव थियो । सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार पानीलाई निकास दिन कोशी ब्य...
कोशी नदीमा दाउरा संकलन गरिरहेका बालक डुबेर बेपत्ता

कोशी नदीमा दाउरा संकलन गरिरहेका बालक डुबेर बेपत्ता

सुनसरी । निरन्तर बर्षापछि जलसतह बढेको कोशी नदीमा डुबेर एकजना बालक बेपत्ता भएका छन् । बाढीसँगै बगेर आएका रुखका ठुठा संकलन गरिरहेका भारतीय बालक बगेर बेपत्ता भएका हुन् । बाढीमा बगेर आएका काठ, दाउरा संकलन गर्ने क्रममा कोशी ब्यारेजस्थित नदीमा उनी बगेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा भारतीय बालक १६ वर्षीय रुपेश सदा छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । कोशी ब्यारेजमा हरेक वर्ष वर्षा याममा ...
error: Content is protected !!