मोरङ र सुनसरीको सीमा भएर बग्ने बुढीखोला ।

विराटनगर । मोरङ र सुनसरीका विभिन्न स्थानमा आज बिहानैदेखि भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । सूचना जारी गर्दै विभागले विभिन्न खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन भनेको हो ।

सुनसरीका चतरा, धरान, इटहरी तथा मोरङका केराबारी, लेटाङ, हरैँचा, भाउन्ने र आसपास क्षेत्रमा भारी वर्षा भइरहेको विभागले जनाएको छ ।

Advertisement

ती क्षेत्रमा दिउँसोसम्म अझ बढी वर्षा हुन सक्ने भन्दै विभागले सेउती, सर्दु, सुनसरी खोला, बुढी, केसलिया, लोहन्द्रा, चिसाङलगायत मोरङ र सुनसरी भएर बग्ने खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने जनाएको छ ।

मध्याह्न १२ बजेसम्म ती क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । अत्यावश्यक काम नपरी बाहिर ननिस्कन साथै खोला आसपास क्षेत्रमा बढी सतर्कता अपनाउन भनिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!