हलेसी, बराहक्षेत्र र पाथीभरा जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने
विराटनगर । कोशी प्रदेशका तीन प्रमुख धार्मिकस्थलहरुलाई जोड्ने गरी धार्मिक पर्यटन प्रवर्द्धन गरिने भएको छ । कोशी प्रदेश सरकारले यो कामलाई प्राथमिकतामा राखेको जनाइएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खोटाङको हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङस्थित पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका हुन् ।
हलेसीमा हिजो हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका ती तीन महत्वपूर्ण...










