सुनसरीको तरहरा र आसपास क्षेत्रमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह
विराटनगर । सुनसरीको तरहरा र आसपास क्षेत्रमा भारी वर्षा भइरहेकाले सर्तकता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले उक्त क्षेत्रमा थप वर्षा हुने सम्भावना देखिएकाले सर्तकता अपनाउन आग्रह गरेको हो ।
पछिल्लो तीन घण्टामा सो क्षेत्रमा भारी वर्षा भइरहेको र थप हुन सक्ने देखिएकाले सर्दु, सुनसरी खोला, बुढीखोला, केसलिया र अन्य साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको ...






























