संगालोखबर

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर घट्ने क्रममा छ । शनिबार साँझसम्म तीव्र रुपमा बढेको बहाव आइतबार बिहानदेखि घट्न थालेको हो । हाल कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये ४२ ढोका खोलिएका छन् ।

Advertisement

आज बिहान सप्तकोसीमा पानीको बहाव २ लाख ६१ हजार ७१० क्युसेकमा झरेको छ । यसअघि आइतबार ३ लाख ९३ हजार ७१५ क्युसेक पानीको बहाव थियो ।

सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार पानीलाई निकास दिन कोशी ब्यारेजका ४२ वटा ढोका खुला गरिएको छ । पानीको बहाव घटे पनि वर्षा अझै वर्षा हुने सम्भावना भएकाले फेरि बढ्न सक्ने भन्दै सुनसरी प्रशासनले सतर्कता अपनाउन नदी आसपास क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!