संगालोखबर

विराटनगर । विराटनगरका दिवश राजवंशी नेपाल स्काउटको दीर्घ सेवा पदकबाट सम्मानित भएका छन् । स्काउटको माध्यमबाट १५ वर्षभन्दा बढी सेवा गरेबापत पाउने पदकबाट राजवंशी सम्मानित भएका हुन् ।

Advertisement

स्काउटको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा उनी सम्मानित भएका हुन् । २०४७ सालमा नरग्राम माध्यमिक विद्यालयबाट स्काउटको अभियानमा होमिएका उनी विभिन्न भूमिकामा रहँदै पूर्वाञ्चल स्काउट ट्रुपका संस्थापक समेत रहेर काम गरेका छन् ।

खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठको उपस्थितिमा नेपाल स्काउटका प्रमुख महेन्द्रराज रन्जितले उनलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । यसैगरी, सोही पदकबाट कोशी प्रदेशका नारायण श्रेष्ठ र राजाराम घिमिरे पनि सम्मानित भएको स्काउटका सामुदायिक विकास आयुक्त सुदर्शन भट्टराईले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!