विभिन्न क्षेत्रमा योगदान दिने विराटनगरका चारजना पुरस्कृत
विराटनगर । विराटनगरमा संस्थागत विद्यालय सञ्चालनको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका कमला–राजबहादुर कुँवरको सम्मानमा स्थापित पुरस्कार विभिन्न क्षेत्रका चारजना व्यक्तित्वलाई प्रदान गरिएको छ ।
आजा आयोजित कार्यक्रममा कमला–राजबहादुर कुँवर साहित्य पुरस्कार साहित्यकार प्रमोद प्रधानलाई प्रदान गरियो । उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । यस्तै, १५ हजार राशिको कमला–राजबहादुर कुँवर खेलकुद पुरस्कार...





























