संगालोखबर


विराटनगर । नेपाली काङ्ग्रेसले कर वृद्धिको विरोधमा रङ्गेली नगरपालिका विरुद्ध सुरु गरेको आन्दोलनले उग्र रूप लिएको छ । भदौ २ गतेबाट सुरु गरेको आन्दोलन थप उग्र बन्दै गएको हो ।

आज आन्दोलनकै क्रममा काङ्ग्रेस कार्यकर्ताहरूले नगरपालिकाका कर्मचारीमाथि हातपात गरेका छन् । बिहान ९ बजेदेखि नगरपालिका अगाडि बसेका आन्दोलनकारीले कर्मचारीलाई कार्यालयमा प्रवेशमा रोक लगाउँदै हातपात गरेका हुन् ।

Advertisement

सोही क्रममा जिन्सी शाखाका सुधीर चौधरीमाथि हातपात भएको नगरपालिकाले जनाएको छ । आन्दोलनकारीहरूले आज रङ्गेली बजार र यातायात समेत बन्द गराएका छन् ।

सोही क्रममा रङ्गेली-२ का ४३ वर्षीय सुवास सिग्देललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अहिले रङ्गेलीको अवस्था सामान्य भएको र सिग्देललाई पनि छाडिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले संगालोखबरलाई जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!