संगालोखबर


विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको सातौँ दिन आज ‘जिम्मेवारी कसको ?’ नामक नाटक मञ्चन भएको छ ।हाटखोलास्थित आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा नमुना विद्या मन्दिरले उक्त नाटक मञ्चन गरेको हो ।

विद्यालयका शिक्षक पशुपति रिमालको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा वर्तमान अवस्थाका बालबालिकालाई के कस्ता पक्षले प्रभाव पारिरहेको छ भन्ने कुरा देखाउन खोजिएको थियो ।

Advertisement

यसैगरी बालबालिकालाई सक्षम बनाउन कसले कस्तो भूमिका खेल्नुपर्छ भन्ने सन्देश नाटकले दिएको थियो । नाटकमा आरोग्य अर्जेल, आयन गौतम, नवम चौधरी, अधिक्षा पौड्याल, समृद्धि सुन्यैउरी, जिया प्याकुरेल लगायतले अभिनय गरेका थिए ।

आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ गतेदेखि शुरु भएको महोत्सवमा विराटनगर, विराटचोक, बेलबारी र रङ्गेलीबाट ९ विद्यालयहरूको सहभागिता रहेको छ ।

भोलि मोरङ ज्ञानोदय सेकेन्डरी इङ्ग्लिस स्कुलले ‘स्मार्ट बन्द’ नामक नाटक मञ्चन गर्नेछ । महोत्सव भदौ ३१ गते समापन हुनेछ ।महोत्सवमा उत्कृष्ट नाटक, लेखक, निर्देशक, अभिनेता तथा अभिनेत्रीलाई अवार्ड समेत प्रदान गरिने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!