इलाम र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ
विराटनगर । इलाम र मोरङबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा विराटनगर-१७ बाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश १-०२-०५४ प २१३६ नम्बरको मोटरसाइकलका चालक मोरङको बेलबारी नगरपालिका-४ का ३२ वर...



























