हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि इलाममा हुँदैछ रेडपाण्डा महोत्सव
विराटनगर । हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि इलामको सन्दकपुरमा रेडपाण्डा महोत्सव हुने भएको छ । वन, वन्यजन्तु र प्राकृतिक वातावरणको माध्यमबाट इलामको पर्यटन प्रवर्द्धन गर्न सन्दकपुर गाउँपालिकाको आयोजनामा तेस्रो रेडपाण्डा महोत्सव हुन लागेको हो ।
महोत्सव चैत २० बाट २३ गतेसम्म हुने महोत्सव आयोजक समितिका संयोजक सनम राईले जानकारी दिए । विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक रा...


























