इलाम-२ बाट एमालेका सुहाङ नेम्वाङ विजयी
इलाम । इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा विजयी बनेका छन् । मंगलबार बिहान जारी उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार नेम्वाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए । २०७९ को निर्वाचनमा उनी सुवास नेम्वाङसँग ११४ मत कम ल्याएर हारेका थिए । यसपटक सुहाङले ५ हजार ८ सय ३० मतान...













