संगालोखबर


विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपको अन्तिम सेमिफाइनलमा आज घरेलु टोली सम्राट स्पोर्टिङ क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दै छन् । सहिद रंगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ ।

३८ औँ संस्करणको विराट गोल्डकपमा पाहुना टोली भारतको झारखण्डको बिर्सामुन्डा स्पोर्ट्स एकेडेमीलाई ३-१ गोल अन्तरले पराजित गर्दै घरेलु टोली सम्राट सेमिफाइनलमा पुगेको थियो ।

Advertisement

चर्च ब्वाइजले पूर्वविजेता विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । विराटनगरमा २०५४ सालमा स्थापना भएको सम्राटले विराट गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको हो ।

आजको विजेताले शनिबार हुने फाइनलमा झापा-११ सँग खेल्ने छ । बुधबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराउँदै झापा-११ फाइनलमा पुगिसकेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!