संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले पीडित पक्षको उजुरीका आधारमा महालक्ष्मी नगरपालिका-६ का ४२ वर्षीय धनबहादुर गिरीलाई पक्राउ गरेको हो ।

गिरीले बालिकालाई बैशाख २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएका थिए । पीडितको उजुरीको आधारमा आरोपितलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी शरत कुमार थापा क्षत्रीले जानकारी दिए ।

Advertisement

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए । बालिकाको घरमा कोही नभएको बेला गिरीले करणी गरेको पीडित पक्षको भनाइ छ ।

आरोपितलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिइएको हो  । आरोपित र पीडित छिमेकी रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!