भारत लैजान खोजिएको गाँजा विराटनगरमा बरामद
विराटनगर । भारतीय नम्बरको कारबाट प्रहरीले विराटनगरमा ७२ किलो गाँजा बरामद गरेको छ । भारततिर लैजान खोजिएको उक्त गाँजा प्रहरीले आज बिहान विराटनगर–१८ मा बरामद गरेको हो ।
डब्लूबी १६ यू १०७१ नम्बरको कारमा राखेर गाँजा निकासी गर्न लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार प्रहरी टोलीले जाँचका लागि रोक्ने क्रममा कारका चालक ...































