संगालोखबर

विराटनगर । भदौ ११ गते मङ्गलबार विराटनगरमा निकालिने ५६ औं संस्करणको राधाकृष्ण रथयात्रामा हेलिकप्टरबाट पुष्पगुच्छा बर्साउने तयारी गरिएको छ । श्री राधाकृष्ण रथयात्रा समारोह समितिले बिहीबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो ।

Advertisement

कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्राको यस पटकको मुख्य आकर्षक हेलिकप्टरबाट पुष्पगुच्छा बर्साउने रहेको आयोजकले जनाएको छ । समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार ११ गते अपरान्ह साढे ३ बजेबाट राधाकृष्ण मन्दिरबाट प्रारम्भ भएको रथयात्राको ४३ स्थानमा विश्राम स्थल तोकिएको छ । ९ किलोमिटरको बाटो तय भएको र ६ घण्टामा सो बाटो रथले पार गर्ने अध्यक्ष रेग्मीले बताए ।

पेगोडा शैलीमा बनाइएको रथको लम्बाइ २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिटको हुनेछ । रथयात्राको शुभारम्भ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गर्ने आयोजकले जनाएको छ ।

रथयात्रालाई व्यवस्थित गर्न कैलाश रेग्मीको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरी १८ वटा उपसमिति समेत बनाइएको छ । समितिले रथयात्रा समारोहलाई सहज र व्यवस्थित बनाउनका लागि विभिन्न निकायलाई आवश्यक सहयोगका लागि पहल समेत गरिसकेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!