संगालोखबर

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अग्नि परीक्षा सुरु भएको उल्लेख गरेका छन् । काङ्ग्रेस भित्रको गुट र कलह व्यवस्थापनको दबाबमा मन्त्रालय विभाजन गर्ने या आफूले भनेको कुरामा अडिग रहने विषयमा मुख्यमन्त्रीको अग्नि परीक्षा हुने आङ्बोले उल्लेख गरेका छन् ।

Advertisement

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘दीर्घकालिक दायित्व र व्ययभार घटाउन र सुशासन कायम गर्न मन्त्रालय एकीकृत (मर्ज) गरेर ऐतिहासिक सफलता हासिल गरेको औपचारिक दाबी गर्नुहुने माननीय मुख्यमन्त्री ज्यूको अग्नि परीक्षा सुरु भएको छ ।’

उनले गुट व्यवस्थापन र मन्त्रालय विभाजनमा कुरा नमिलेका कारण सरकारमा काङ्ग्रेस सहभागि नभएको दावी गरेका छन् । ‘राजनैतिक रूपमा कोशी सरकार एमाले र काङ्ग्रेसको संयुक्त सरकार हो’, उनले लेखेका छन्, ‘तैपनि आजका दिनसम्म काङ्ग्रेसले प्रमुख प्रतिपक्षको हैसियत र सुविधा लिइरहेको छ ।’

उनले माओवादी केन्द्रले आजका दिनसम्म प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको हैसियत र सुविधा दाबी नगरेको र सरकारलाई दिएको समर्थन बारे उचित समयमा निर्णय गरिने उल्लेख गरेका छन् ।

एमालेले सरकार बाहिर बसेर तत्कालीन मुख्यमन्त्री केदार कार्कीलाई समर्थन दिइराखेरै प्रमुख प्रतिपक्ष दलको हैसियत र सुविधा लिएको समेत उनले आरोप लगाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!