संगालोखबर

विराटनगर । विराटनगरको जनता आदर्श बहुमुखी क्याम्पसले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई साइबर अपराधसम्बन्धी दुई दिने प्रशिक्षण दिएको छ ।

Advertisement

प्रविधिमा आएको विकासका कारण पछिल्लो समय बढ्दै गएको साइबर अपराधबाट विद्यार्थी र समाजलाई जोगाउने साथै यसको प्रभावलाई कम गर्ने उद्देश्यले प्रशिक्षण दिइएको क्याम्पसले जनाएको छ ।

त्यस क्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले साइबर अपराधको प्रभाव, जोखिम, अनुसन्धान प्रक्रिया, कानूनी उपचार, बच्ने उपाय लगायत विषयमा जानकारी दिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!