संगालोखबर

सुनसरी ।  सुनसरीको गढीमा फरुवा प्रहार गरी एकजनाको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय चन्द्र ऋषिदेवलाई पक्राउ गरेको छ । दुई दिनअघि गढी गाउँपालिका–२ थलाहाका ४६ वर्षीय ज्ञानचन्द ऋषिदेवको हत्या भएको थियो ।

Advertisement

टाउको र शरीर छुट्टिएको अवस्थामा उनको शव फेला परेको थियो । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार ऋषिदेवले फरुवाले पटकपटक प्रहार गरी घाँटी छिनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका ऋषिदेवलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइ पाँच दिनको म्याद थपपछि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुनसरीको गढीमा भेटियो टाउको बिनाको शव

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!