संगालोखबर

विराटनगर । इस्कोन विराटनगरले श्रीकृष्ण जन्माष्टमी महोत्सव आयोजना गर्ने भएको छ । इस्कोनले पत्रकार सम्मेलन गर्दै भदौ १० गते जैन भवनमा भव्य रूपमा महोत्सव आयोजना गर्न लागिएको जनाएको हो ।

Advertisement

बिहान ८ बजेदेखि राति १२ बजेसम्म श्रीकृष्ण जन्माष्टमी महामहोत्सव गरिने जनाइएको छ । महोत्सवमा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का लागि मायापुरबाट इस्कोनको अन्तर्राष्ट्रिय व्यवस्थापन समितिका रिजनल सेक्रेटरी एवम् अन्तर्राष्ट्रिय गुरु श्री श्रीमद् महाविष्णु महाराजको उपस्थिति रहने छ ।

इस्कोनका संस्थापक आचार्य श्रील प्रभुपादजीको शिष्य परमपुज्य महाविष्णु स्वामी महाराज यसपालि श्रीकृष्ण जन्माष्टमीमा पहिलोपटक विराटनगर आउन लागेका इस्कोन विराटनगर व्यवस्थापन समितिका सचिव भानुभक्त जोशीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!