संगालोखबर

विराटनगर । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजाअनुसार महानगरपालिकातर्फ विराटनगर तेस्रो भएको छ । आर्थिक वर्ष २०७९/०८० मा विराटनगरले ८२.५० अङ्क प्राप्त गरेको छ ।

Advertisement

ललितपुर महानगरपालिका ८४.५० अङ्क प्राप्त गर्दै देशभरीकै अब्बल महानगरपालिका बन्न सफल भएको छ । त्यस्तै, भरतपुर महानगरपालिकाले ८३.८३ अंक प्राप्त गर्दा पोखरा महानगरपालिकाले ८०.७५ अङ्क प्राप्त गरेको छ । काठमाडौँ महानगरपालिका ७७.५० अङ्कसहित पाँचौ स्थानमा रहेको छ । वीरगञ्ज महानगरपालिका भने ५९.५० अङ्कका साथ सबैभन्दा पुछारमा छ ।

गाउँ तथा नगरपालिकाको कार्य प्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्वमूल्याङ्कनको प्रणाली कार्यान्वयनमा ल्याइएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!