संगालोखबर

विराटनगर । विराटनगरमा रिट द स्किन बुटिकको शाखा उद्घाटनका लागि नायिका सुरक्षा पन्त भोलि शनिवार विराटनगर आउने भएकी छन् । विराटनगरको जलजला रोडमा सञ्चालन गरिएको रिट द स्किन बुटिकको तेस्रो शाखा औपचारिक उद्‌घाटन गर्न लागिएको हो ।

Advertisement

बिहान ११ बजे उद्‌घाटन कार्यक्रम राखिएको छ । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की र नायिका पन्तले संयुक्त रुपमा बुटिक उद्‌घाटन गर्ने बुटिककी सञ्चालक रिता कटेलले जानकारी दिइन् ।

सञ्चारकर्मीसमेत रहेकी कटेलले सञ्चालन गरेको सो बुटिकमा विश्व प्रख्यात सौन्दर्य ब्रान्डका कस्मेटिक, स्किनकेयर र फ्रागरेन्सका आइटमहरू पाइन्छ । शाखा उद्घाटनको अवसरमा विभिन्न ब्राण्डहरुमा २५ प्रतिशतसम्म छुट दिइने सञ्चालक कटेलले जानकारी दिइन् ।

सो बुटिकले काठमाडौंको बानेश्वर र कौशलटारमा पनि शाखा सञ्चालन गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!