संगालोखबर

काठमाडौँ । २० वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दैछन् । खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा शुरु हुने छ । नेपाल समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

Advertisement

दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेश खेल्नेछन् । यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सेमिफाइनलका खेलहरू दशरथ रङ्गशालामा हुने बताएको थियो । साफले पठाएको म्याच कमिस्नरले त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालाको हिलाम्य मैदान अझै खेलाउन योग्य नदेखिएको रिपोर्ट दिएपछि खेल्ने ठाउँ सारेको एन्फाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!