संगालोखबर

सङ्खुवासभा । नियमित काममा रहेका बेला लडेर बेहोस भएका सङ्खुवासभाको मङ्गलबारेस्थित प्रहरी चौकीका प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको मृत्यु भएको छ ।

Advertisement

मादी नगरपालिका–२ मा ड्युटीमा खटिएका उनी अचानक बेहोस भएका थिए । उपचारका लागि निरौलालाई तेह्रथुमको बसन्तपुरस्थित स्वास्थ्य चौकी पुर्‍याइएको थियो । त्यहाँका स्वास्थ्यकर्मीले गएराति उनलाई मृत घोषणा गरेको सङ्खुवासभाका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । पोस्टमार्टमपछि शव परिवारलाई बुझाइने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!