संगालोखबर

सङ्खुवासभा । अरुण तेस्रो जलविद्युत परियोजनाका एकजना मजदुर खोलाले बगाउँदा बेपत्ता भएका छन् । परियोजनाको चिचिला गाउँपालिका–३ पुखुवास्थित पावर हाउसमा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ का ४५ वर्षीय गङ्गाबहादुर गुरुङ बेपत्ता भएका हुन् ।

Advertisement

आज बिहान साढे ७ बजे उनी कागुवा खोला तर्ने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले जानकारी दिए ।

बेपत्ता भएका गुरुङको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!