विराटनगरको सुधारगृहबाट भागेका दुई बालकको खोजी गर्दै प्रहरी

विराटनगरको सुधारगृहबाट भागेका दुई बालकको खोजी गर्दै प्रहरी

विराटनगर । विराटनगरको बाल सुधारगृहबाट दुईजना बालक फरार भएका छन् । फरक फरक मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा पठाइएका उनीहरू मङ्गलबार दिउँसो फरार भएका हुन् । विराटनगर–३ स्थित बाल सुधारगृहमा राखिएका उनीहरू सुनसरीका हुन् । सुधारगृहका प्रमुख मिलन चौहानका अनुसार सुनसरीको कोशी गाउँपालिका–२ घर भएका बालकलाई अदालतले कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर गरिसकेको छ ।  यस्तै, बराहक्षेत्र नगरपालिका–१...
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

विराटनगर । बुधबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य प्रतितोला एक...
दुई महिनाअघि स्थगित कोशी प्रदेशसभा बैठक भदौ १४ गते बस्ने

दुई महिनाअघि स्थगित कोशी प्रदेशसभा बैठक भदौ १४ गते बस्ने

विराटनगर । गत असार ८ गते बसेको तेह्रौँ बैठकपछि स्थगित भएको कोशी प्रदेशसभा बैठकको मिति तोकिएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले भदौ १४ गते शुक्रबार १ बजेका लागि बैठकको समय तोकेर सूचना जारी गरेका छन् । भदौ १८ गते मङ्गलबारका लागि बैठक आह्वान भएपनि त्यसलाई संशोधन गर्दै १४ गतेका लागि बैठक डाकिएको छ । दुई महिनाको अवधिसम्म बैठक बस्न सकेको थिएन । लामो समय बैठक नबस्दा दलहरूले प्रदेशसभा सचिवालयला...
विपद्का घटनामा १९३ जनाको मृत्यु

विपद्का घटनामा १९३ जनाको मृत्यु

विराटनगर ।  अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी मङ्गलबार दिउँसोसम्म १ सय ९३ जनाको मृत्यु भएको छ ।  काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९३ जनाको मृत्यु भएको हो ।...
पेस्तोलसहित एकजना पक्राउ

पेस्तोलसहित एकजना पक्राउ

झापा । झापामा अवैध कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बे छन् । उनलाई एक थान अवैध कटुवा पेस्तोल सहित मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो ।  घरमा हतियार लुकाएर राखेको छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । घर खानतलासी गर्ने क्रममा कुखुराको खो...
स्वास्थ्यकर्मीलाई हातपात गरेको आरोपमा पक्राउ

स्वास्थ्यकर्मीलाई हातपात गरेको आरोपमा पक्राउ

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–२ स्थित नागरिक आरोग्य केन्द्रका स्वास्थ्यकर्मीलाई हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । पाँचखपन–२ का ४० वर्षीय भीषण जीमी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जीमीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्य...
झापाको शिवसताक्षीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापाको शिवसताक्षीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापा । झापाको शिवसताक्षीमा एक पुरुषले खुकुरीले प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शिवसताक्षी नगरपालिका–८ शिवालय टोलका ४७ वर्षीय ओमप्रकाश अधिकारीले श्रीमती ४२ वर्षीया रञ्जना गौतम अधिकारीको गएराति हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका बढ्दै गएपछि श्रीमतीलाई खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट जानकारी भएको प्रहरीले उल्लेख गरेको छ । रञ्जनाको घटनास्थलमै मृत्यु भएको थियो । खुकुर...
एमाले धनकुटाद्वारा सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन

एमाले धनकुटाद्वारा सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन

धनकुटा । एमाले जिल्ला कमिटी धनकुटाको बैठकले जिल्ला सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ । एमाले नेता भीम राईको अध्यक्षतामा ८९ सदस्यीय जिल्ला सल्लाहकार कमिटी गठन गरिएको छ । समितिको उपाध्यक्षमा इन्द्र पौडेल र सचिवमा लोकेन्द्र चापागाइँलाई चयन गरिएको छ । यता, रामबहादुर श्रेष्ठको अध्यक्षतामा ९५ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको हो । समितिको उपाध्यक्षमा अगमबहादुर थापा र स...
धनकुटामा जसपाका केन्द्रिय सदस्यसहित विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता एमाले प्रवेश

धनकुटामा जसपाका केन्द्रिय सदस्यसहित विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता एमाले प्रवेश

धनकुटा । जनता समाजवादी पार्टी केन्द्रिय निर्वाचन समितिका सदस्य धर्म राईसहित विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले धनकुटाले सामुदायिक भवनमा आयोजना गरेको तेस्रो पूर्ण बैठक तथा पार्टी प्रवेश कार्यक्रममा जसपा, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी लगायत पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । जसपाका कोशी प्रदेश कमिटी उपाध्यक्ष दिपेश राई, प्रदेश ...
बालिका बलात्कार आरोपमा शिक्षक पक्राउ

बालिका बलात्कार आरोपमा शिक्षक पक्राउ

पाँचथर । बालिकालाई बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन् । सदरमुकाम फिदिम नगरपालिका–१२ स्थित सिद्धदेवी माध्यमिक विद्यालय पिपलबोटेका शिक्षक राजकुमार नेम्बाङ पक्राउ परेका हुन् । पीडित बालिकाका परिवारले दिएको उजुरीका आधारमा नेम्बाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रूपेश तामाङले जानकारी दिए । १५ वर्षीया बालिकालाई गत आइतबार राति बलात्कार गरेको आरोप उनीम...
ओली नेतृत्वको सरकारले हटाउला टिकटक माथिको प्रतिबन्ध ?

ओली नेतृत्वको सरकारले हटाउला टिकटक माथिको प्रतिबन्ध ?

विराटनगर । सरकारले सामाजिक सञ्जाल टिकटक माथिको प्रतिबन्ध हटाउने गृहकार्य थालेको छ । विभिन्न पक्षबाट टिकटकको प्रतिबन्ध हटाउन ‘दबाब’ बढेपछि सरकार लचिलो भएको हो ।  पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटक प्रतिबन्ध लगाएकोप्रति धेरैले प्रशंसा गरे भने विरोध गर्नेको सङ्ख्या पनि उत्तिकै थियो ।  टिकटकका माध्यमबाट समाजमा अपाच्य ...
स्थानीय तहको उपनिर्वाचन मंसिर तेस्रो साता, कोशीका सात स्थानमा हुने

स्थानीय तहको उपनिर्वाचन मंसिर तेस्रो साता, कोशीका सात स्थानमा हुने

विराटनगर । निर्वाचन आयोगले आगामी मंसिर तेस्रो साताभित्र स्थानीय तहको उपनिर्वाचन गराउने तयारी सुरु गरेको छ । आयोगले स्थानीय तहमा रिक्त ३४ पद उपनिर्वाचनको माध्यमबाट पूर्ति गर्ने तयारी गरेको हो । कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्षसहित सातजना जनप्रतिनिधिको पद रिक्त छ । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पद रिक्त छ भने झापाको कनकाई नगरपालिका–६ क...
विराटनगरमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना 

विराटनगरमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना 

विराटनगर । विराटनगर महानगरपालिका–४ नहर छेउमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । मुडुला कार्की कुलायन समाज अगाडी केही बेरअघि भएको दुर्घटनामा मोटरसाइकल चालक र स्कुटर चालक घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि नोवेल अस्पताल लगिएको छ । घटनास्थलमा ट्राफिक प्रहरी पुगेर अनुसन्धान थालेको छ । थप विवरण आउन बाँकी छ । 
जापानमा हुने करातेमा चारजना नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

जापानमा हुने करातेमा चारजना नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ । जापानमा हुने वादोरियो कराते डो नवौँ अन्तर्राष्ट्रिय प्रतियोगितामा चारजना नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचनले प्रतिस्पर्धा गर्ने भएका हुन् । अगस्ट २४ र २५ तारिखका दिन जापानको राजधानी टोकियोमा प्रतियोगिता हुनेछ । खेलाडीसहित ६ जनाको टोलीलाई पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाह...
पौडी खेल्दा सिङ्घिया खोलामा डुबेर सिंहको मृत्यु

पौडी खेल्दा सिङ्घिया खोलामा डुबेर सिंहको मृत्यु

विराटनगर । पौडी खेल्ने क्रममा विराटनगरको सिङ्घिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका–१ जमटोका १६ वर्षीय नितेश सिंह छन् । पौडी खेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका सिंहको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको थियो । खोजीका क्रममा सिंह मृत अवस्थामा भेटिएका हुन् । पोष्टमार्टमपछि शव परिवारले बुझेको प्रहरीले जनाएको छ । घटनाक...
यस्ता हुन्छन् डेङ्गुका लक्षण, कसरी सुरक्षित रहने ?

यस्ता हुन्छन् डेङ्गुका लक्षण, कसरी सुरक्षित रहने ?

विराटनगर । पछिल्लो समय देशभर डेङ्गुको सङ्क्रमण बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को तथ्याङ्क अनुसार देशका ७४ जिल्लामा यसको सङ्क्रमण फैलिसकेको छ । डेङ्गु रोग डेङ्गु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ । यस्ता हुन्छन् मुख्य लक्षण डेङ्गुको सङ्क्रमण भएमा उच...
कोशी प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ६३९ पुग्यो

कोशी प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ६३९ पुग्यो

विराटनगर । डेङ्गु नेपालका ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को तथ्याङ्क अनुसार सबैभन्दा बढी तनहुँमा फैलिएको छ ।  गत पुसको मध्यदेखि हालसम्म ३ हजार ७५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । हालसम्म गण्डकीमा १ हजार ४ सय ४८, बागमतीमा ९ सय २८, कोशीमा ६ सय ३९, लुम्बिनीमा ३ सय २८ जनामा डेङ्गु पुष्टि भएको छ । यसैगरी सुदूरपश्चिममा २ सय ९५, मधेशमा ६५ र कर्णाली प्र...
विराटनगरमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगरमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । विराटनगरमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । सोमबार साँझ करेन्ट लागेर विराटनगर–१४ जतुवाकी ४२ वर्षीया सरितादेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । चापाकलमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते उनको सवा ६ बजेतिर मृत्यु भएको हो । उपचारका लागि गोल्डेन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आज गाईजात्राः धनकुटा र इटहरीमा सार्वजनिक बिदा

आज गाईजात्राः धनकुटा र इटहरीमा सार्वजनिक बिदा

विराटनगर । नेवार समुदायले मनाउने गाईजात्रा पर्व काठमाडौँ उपत्यका सहित आज मुलुकभर मनाइँदैछ । नेवार समुदायको बसोबास रहेका स्थानहरूमा विशेष रुपमा गाईजात्रा मनाइन्छ । पूर्वका धनकुटा, सुनसरी, इलाम, मोरङलगायत जिल्लामा पनि यो पर्व मनाइन्छ । यसैबीच, सुनसरीको इटहरी उपमहानगरपालिकाले गाईजात्राको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पर्वको अवसरमा इटहरी उपमहानगरले आफ्नो पालिका क्षेत्रमा सार्वजनिक...
श्रेष्ठ परिवारमा बज्रपातः बुबा मलेसियामा बिते, छोरी दक्षिण कोरियामा

श्रेष्ठ परिवारमा बज्रपातः बुबा मलेसियामा बिते, छोरी दक्षिण कोरियामा

इलाम । इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ । अध्ययनको सिलसिलामा ६ महिनाअघि विद्यार्थी भिसामा गएकी श्रेष्ठको दुई दिनअघि निधन भएको हो । उनी दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन् । उनका फुपाजु होम श्रेष्ठले सोनुको हृदयघातका कारण निधन भएको जानकारी कोरियाबाट आएको बताए । इलाम–कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालमार्फत खबर आएको उ...
स्कुटी, मोबाइल र चप्पल पुलमा छाडेर कोशीमा हामफाले युवक

स्कुटी, मोबाइल र चप्पल पुलमा छाडेर कोशीमा हामफाले युवक

सुनसरी । कोशी नदीको चतरास्थित पुलबाट हामफालेर एकजना युवक बेपत्ता भएका छन् । उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको सीमामा रहेको चतरा पुलबाट हाम फालेर आज अपराह्‍न ती युवक बेपत्ता भएका हुन् । महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयका अनुसार धरानबाट आएका अन्दाजी २६ वर्षीय सुनील साह पुलबाट हाम फालेर बेपत्ता भएका हुन् । उनी को ९ प ९८६५ नम्बरको स्कुटर लिएर त्यहाँसम्म पुगेका थिए । धरान उपमह...
नोवेल र भूदेव खाद्य उद्योगबीच सुलभ उपचार सम्झौता

नोवेल र भूदेव खाद्य उद्योगबीच सुलभ उपचार सम्झौता

विराटनगर । भूदेव खाद्य उद्योग प्रा. लि. (हुलास फुड) र नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच सुलभ स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ । उक्त उद्योगसँग आवद्ध थोक तथा खुद्रा बिक्रेताहरूलाई सुलभ स्वास्थ्य उपचार सेवा पुर्याउने उद्देश्यले सम्झौता गरिएको हो । सम्झौतापछि उद्योगसँग आवद्ध बिक्रेताहरू तथा उनीहरूका आश्रित परिवार बिरामी भए नोवेलमा उपचार गर्दा विशेष छुटको व्यवस्था हुने जनाइएको छ । उद्योग अन्...
पुष्पलाल चोकमा पार्क बनाउन जुटे स्थानीय

पुष्पलाल चोकमा पार्क बनाउन जुटे स्थानीय

विराटनगर । बूढीगंगा–१ पुष्पलाल चोकस्थित राम जानकी मन्दिर परिसरमा सरसफाइ गर्न स्थानीय जुटेका छन् । त्यस क्षेत्रमा रामजानकी पार्क बनाउन २१ सदस्यीय समिति गठन गरेर स्थानीय सरसफाइमा जुटेका हुन् । प्रत्येक शनिबार सरसफाइमा जुट्ने उनीहरूले सुवास बाराकोटीको अध्यक्षतामा समिति गठन गरेका छन् । समितिको उपाध्यक्षमा नारायण कटुवाल, सचिवमा प्रमोद ढकाल, सह–सचिवमा लावण्यप्रसाद घिमिरे र कोषाध्यक्षमा कौशल कटेल छन् ...
सुनसरीको गढीमा भेटियो टाउको बिनाको शव

सुनसरीको गढीमा भेटियो टाउको बिनाको शव

विराटनगर । सुनसरीको थलाहामा टाउको नभएको शव भेटिएको छ । गढी गाउँपालिका–२ मा पर्ने थलाहामा आज बिहान पुरुषको शव टाउको विहीन अवस्थामा फेला परेको हो । उक्त शव स्थानीय ५० वर्षीय ज्ञानसन ऋषिदेवको भएको खुलेको छ । उनको हत्या गरेर शव फालिदिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीम दाहालका अनुसार घटनास्थलमा अनुसन्धानका लागि टोली परिचालन गरिएको छ । टोली ...
पहिरोले घरसँगै पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

पहिरोले घरसँगै पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । गएराति पहिरोले स्थानीय बिरा धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका बुङ्गलका सई वीरसिंह ठगुन्नाका अनुसार पहिरोले घर पुरिँदा दुई बालिकासहित चारजनाको मृत्यु भएको छ । चारै जनाको शव घरभित्र पुरिएको अवस्थामा फेला परेको थियो । मृत्यु हुनेमा बिराकी पत्नी अन्दाजी ५५ वर्षीया...
आज जनैपूर्णिमा, रक्षाबन्धनसँगै क्वाँटी खाने दिन

आज जनैपूर्णिमा, रक्षाबन्धनसँगै क्वाँटी खाने दिन

विराटनगर । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।  जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलि...
खोटाङमा झाडापखालाले बालकको मृत्यु

खोटाङमा झाडापखालाले बालकको मृत्यु

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका चार वर्षीय दिप्सन भुजेलको झाडा पखालाले मृत्यु भएको छ । जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा आज अपरान्ह उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई केही दिन अघिदेखि नै झाडापखाला लागेको भए पनि उपचारका लागि ढिलो गरी अस्पताल पुर्याइएको जनाइएको छ । याम्खामा अरु केही व्यक्तिमा पनि झाडापखालाको समस्या रहेको जनाइएको छ ।
उदयपुरमा दुर्घटना: एकको मृत्यु, २० जना घाइते

उदयपुरमा दुर्घटना: एकको मृत्यु, २० जना घाइते

उदयपुर । उदयपुरको चुरे जंगल क्षेत्रमा रहेको सडक खण्डमा ‘विंगर’ गाडी दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ । दुर्घटनामा २० जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी उदयपुरको त्रियुगा नगरपालिका–३ की ५० वर्षीया गीता कार्की राउत को मृत्यु भएको हो । गाईघाटबाट सिरहाको लहान जाँदै गरेको ना १ ज ६२७९ नम्बरको विंगर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...
मोरङ र उदयपुरबाट दुर्लभ वन्यजन्तु र अंगसहित ६ जना पक्राउ

मोरङ र उदयपुरबाट दुर्लभ वन्यजन्तु र अंगसहित ६ जना पक्राउ

विराटनगर । दुर्लभ वन्यजन्तु र तिनको अंगसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मोरङ र उदयपुरबाट पक्राउ परेका उनीहरूको साथबाट दुर्लभ वन्यजन्तु सालकको खपटा, विशेष प्रजातिको छेपारो लगायत बरामद गरिएको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ मा प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्र १–०२–०५२ प ११६७ नम्बरको मोटरसाइकलमा सवार रंगेली नगरपालिका–१ बबियाका ४५ वर्षीय गगन...
साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा घरेलु टोली नेपालले १–० को जित दर्ता गरेको छ । च्याम्पियनसिप आजैबाट सुरु भएस्को हो । आजको उद्घाटन खेलको २४ औँ मिनेटमा निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै नेपालले समूहमा ३ अंक जोडेको छ । ६ राष्ट्र सम्मिलित प्रतियोगितामा समूह ए मा नेपालसहित...
एक वर्षमा भित्रियो १४ खर्ब ४५ अर्बभन्दा बढी रेमिट्यान्स

एक वर्षमा भित्रियो १४ खर्ब ४५ अर्बभन्दा बढी रेमिट्यान्स

विराटनगर । आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा यो १६.५ प्रतिशतले बढी हो । यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या केही कम भए पनि रेमिट्यान्स आप्रवाहले भने कीर्तिमान बनाएको छ । एक वर्षमा नयाँ अन्तिम श्रम स्वीकृति लिनेको सङ...
error: Content is protected !!