संगालोखबर

काठमाडौँ । पुरुष तर्फको २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । च्याम्पियनसिप अन्तर्गत समूह विजेताका लागि दुई टोली भिड्न लागेका हुन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

Advertisement

नेपाल र बङ्गलादेश दुवै देशले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई पराजित गरेका थिए । नेपालले १–० र बङ्गलादेशले २–० ले पराजित गरेपछि श्रीलङ्का प्रतियोगिताबाट बाहिरिँदा, नेपाल र बङ्गलादेश एक खेलअघि नै सेमिफाइनल प्रवेश गरे । आजको खेलले समूह ‘ए’ को विजेताको टुङ्गो लाग्नेछ ।

बंगलादेशको गोल अन्तर राम्रो रहेकोले नेपालसँग बराबरी खेले पनि समूह ए को विजेता बन्ने छ । नेपालको लागि भने समूह विजेता बन्न बंगलादेशलाई हराउनै पर्ने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!