संगालोखबर

विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश र भारतको बिहार इन्डष्ट्रिज एशोसिएसन पटनाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । महासङ्घका अध्यक्ष राजेन्द्र राउत र एशोसिएसनका अध्यक्ष केपीएस केसरीको उपस्थितिमा दुई संस्थाबीच भगिनी सम्बन्ध कायम गरिएको घोषणा गरिएको हो ।

Advertisement

महासङ्घ कोशीले यस प्रदेशमा उद्योग व्यवसाय मैत्री वातावरण निर्माणको लागि नीतिगत तहमा पैरवी गर्दै पछिल्लो समय कृषि क्षेत्रको रूपान्तरणको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । 

बिहारको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बिहार इन्डष्ट्रिज एशोसिएसन पटना र महासङ्घ कोशीबीच भगिनी सम्बन्धले दुईपक्षीय व्यापारलाई अभिवृद्धि गर्नुका साथै लगानीको प्रवर्द्धन हुने जनाइएको छ ।

यसैगरी, व्यावसायिक वातावरण निर्माणको लागि नीतिगत तहमा संयुक्त रूपमा पैरवी गर्ने आधार तय भई नेपालको कोशी प्रदेश र बिहार राज्य भारतको व्यापार क्षेत्रमा लाभ पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ ।

भदौ २७ देखि ३० गतेसम्म हुने कृषि एस्क्पोका लागि उक्त एशोसिएसनबाट सहभागिता रहनुका साथै कृषिका प्रविधि, कृषि उपज वस्तु तथा कृषि विज्ञको समेत सहभागिता रहने बिहार इन्डष्ट्रिज एशोसिएसनका अध्यक्ष केसरीले प्रतिवद्धता जनाए ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!