संगालोखबर

सुनसरी । सुनसरी र उदयपुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधबार भएका दुर्घटनामा मोटर साइकल चालक र ट्याक्टर चालकको मृत्यु भएको हो ।

Advertisement

सुनसरीको इनरुवा नगरपालिका–४ मा ना ३ ख १४५ नम्बरको ट्रकले को २२ प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकल चालक भोक्राहा नरसिंह गाउँपालिका–२ का ५२ वर्षीय रमानन्द मेहताको मृत्यु भएको हो । ट्रक चालक हेटौंडाका ५९ वर्षीय केदारसिंह वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, उदयपुरको चौदण्डीगढी नगरपालिका–३ हात्तीसारमा को २ त ६३४९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्याक्टर चालक इटहरी–५ का ३० वर्षीय तिलकबहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!