मोरङको रङ्गेलीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

मोरङको रङ्गेलीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

विराटनगर । मोरङको रंगेलीमा पोखरीमा डुबेर आज एक जनाको मृत्यु भएको छ । रङ्गेली नगरपालिका–१ दुर्गापुरका ५५ वर्षीय सत्यनारायण साहको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  नुहाउने क्रममा उनी पोखरीमा डुबेका थिए । घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरी टोलीले पोखरीबाट शव बाहिर निकालेको थियो । शवको पोस्टमार्टम गरेपछि परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।
अवैध रूपमा अमेरिका जाने नेपालीको लर्को, १७६ जना ब्राजिलमा फसे

अवैध रूपमा अमेरिका जाने नेपालीको लर्को, १७६ जना ब्राजिलमा फसे

विराटनगर । पछिल्लो समय अवैध रूपमा अमेरिका प्रवेश गर्ने नेपालीको सङ्ख्या बढ्दो छ । यसै क्रममा १७६ जना नेपाली ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा पसेका छन् । उनीहरू सकुशल रहेको र आवश्यकताअनुसार मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने खबरप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाली...
रेडपान्डा संरक्षणका लागि ताप्लेजुङमा अन्तर्राष्ट्रिय म्याराथन

रेडपान्डा संरक्षणका लागि ताप्लेजुङमा अन्तर्राष्ट्रिय म्याराथन

ताप्लेजुङ । ताप्लेजुङमा रेडपान्डा दिवसको अवसरमा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । रेडपान्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हिमाली संरक्षण मञ्चले जनाएको हो ।  असोज ५ गते हुने प्रतियोगितामा सहभागीले ४८ किलोमिटर दूरी पूरा गर्नुपर्ने मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । म्याराथनको मार्ग रेडपान्डाका मुख्य बासस्थान पाथीभरा क्षेत्रमा ...
स्नातक पढ्न अमेरिका गएकी भोजपुरकी मुना पाण्डेको हत्या

स्नातक पढ्न अमेरिका गएकी भोजपुरकी मुना पाण्डेको हत्या

विराटनगर । भोजपुर घर भएकी २१ वर्षकी मुना पाण्डे स्नातक अध्ययनका लागि तीन वर्षअघि अमेरिका पुगेकी थिइन् । ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत उनको सोमबार साँझ टेक्सासको ह्युस्टनमा गोली हानी हत्या भएको छ । छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युस्टन प्रहरीले जानकारी दिएको ...
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

विराटनगर । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य हालसम्मकै उच्च भएको हो । आज सुनको मूल्य १ लाख ५३ हजार १ सय कायम भएको महासङ्घले जनाएको छ । हिजो स्थिर रहेको सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको हो ।  यसअघि भदौ ५ गते सुनको मूल्य १ लाख ५३ हजार कायम भएको थियो । आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार आठ सय ५० रुपैयाँ ...
उपाधि हात पार्न नेपाल र बङ्गलादेश आज भिड्दै

उपाधि हात पार्न नेपाल र बङ्गलादेश आज भिड्दै

काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको उपाधिका नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । समूह चरणको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको थियो । नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई पराजित गरेको थियो । समूह चरणको पहिलो भेटमा नेपालले बङ्गलादेशलाई २–१ ले पराजित गरेको थियो । फाइनलअघि भएको प्रि–म्याच कन्फ्रेन्समा नेपाल र बङ्गलादेश दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधिका लागि त...
उदाहरणीय बने अपाङ्गता भएका दाजुभाइ

उदाहरणीय बने अपाङ्गता भएका दाजुभाइ

इलाम । इलामका भुवन खतिवडा र तेजकुमारी खतिवडाका दुई सन्तान छन् । उनीहरू दुवैमा अपाङ्गता छ । जेठो सन्तान भुपाल र कान्छो आलोक दुवैजनाको कम्मर चल्दैन । २३ वर्षीय आलोकको कम्मर नचल्दा एक ठाउँबाट अर्को ठाउँसम्म सर्न सक्दैनन् । अरुको सहयोग चाहिन्छ । तर उनको मेहनत उदाहरणीय छ । हालसालै लोकसेवा आयोगले लिएको खरिदार पदको परीक्षामा उनी उत्तीर्ण भए । अहिले जिल्ला हुलाक कार्यालयमा कार्यरत छन् । आलोकका दाजु २६ ...
सकियो राधाकृष्ण रथयात्रा

सकियो राधाकृष्ण रथयात्रा

विराटनगर । विराटनगरमा आज आयोजित राधाकृष्ण रथयात्रा भव्य रूपमा सम्पन्न भएको छ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा हजारौं श्रद्धालु भक्तजनको सहभागिता थियो । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट राधाकृष्णको जोडी सहितको रथयात्रा दिउँसो ३ः३० बजे सुरु गरिएको थियो । बजारका विभिन्न क्षेत्र परिक्रमा गर्दै रथयात्रा करिब ९ किलोमिटर दूरी पार गरेर उक्त मन्द...
राधाकृष्ण रथयात्रामा अवाञ्छित गतिविधि गर्ने १४३ जना पक्राउ

राधाकृष्ण रथयात्रामा अवाञ्छित गतिविधि गर्ने १४३ जना पक्राउ

विराटनगर । विराटनगरमा आज निकालिएको राधाकृष्ण रथयात्रामा १४३ जना व्यक्ति पक्राउ परेका छन् । चोरी, पकेटमार र अवाञ्छित गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको हो । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार विभिन्न घटनामा संलग्न भएका उनीहरूलाई पक्राउ गरिएको हो । उनका अनुसार पक्राउ परेकामध्ये १० जना महिला छन् । पक्राउ पर्नेमा केही भारतीय नागरिक पनि रहेका उनको भनाइ छ । वीरगञ्जबाट आएका १४ जना पेसेवर प...
करेन्ट लागेर विराट हेल्थ कलेजका गाडी चालकको मृत्यु

करेन्ट लागेर विराट हेल्थ कलेजका गाडी चालकको मृत्यु

विराटनगर । विराट हेल्थ कलेजका गाडी चालकको करेन्ट लागेर मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिका–३ घर भएका ४२ वर्षीय सन्तोष कार्कीको आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगर–३ खार्जी चोकमा विराटश्री होस्टल सञ्चालनको तयारी गरिरहेका उनलाई त्यही होस्टल भवनमा करेन्ट लागेको थियो । काम गर्ने क्रममा फलामको पाइप तान्दा बिजुलीको हाइटेन्सन लाइनमा छोइएर करेन्ट लागेका उनी गम्भीर घाइते भएका थिए ।...
एसियाली तेक्वान्दोमा नेपाललाई दुई स्वर्णपदक

एसियाली तेक्वान्दोमा नेपाललाई दुई स्वर्णपदक

विराटनगर । भारतको बैङ्गलोरमा भएको १०औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण र १ रजत पदक जितेको छ । काभ्रेपलाञ्चोकका राजमन्दिर श्रेष्ठ र किशोरवरुण श्रेष्ठले स्वर्णपदक जितेका हुन् । यस्तै, झापाका चन्द्रबहादुर तामाङले रजत पदक प्राप्त गरेका छन् । एकल प्याटनमा पाँचौं डानतर्फको प्रतिस्पर्धामा मङ्गोलियाका खेलाडीलाई पराजित गरेर राजमन्दिरले स्वर्णपदक जितेका हुन् । ९१ किलो तौलमाथिको प...
सर्पले टोकेर विराटनगरमा महिलाको मृत्यु

सर्पले टोकेर विराटनगरमा महिलाको मृत्यु

विराटनगर । सर्पले टोकेर विराटनगरमा आज बिहान एकजना महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१८ की २७ वर्षीया रुपादेवी मण्डलको मृत्यु भएको हो । आँगनमा फूल टिपिरहेकी उनलाई बिहान सर्पले टोकेको थियो । उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गरी धरानमा छोरीको हत्या, आमा गम्भीर घाइते

खुकुरी प्रहार गरी धरानमा छोरीको हत्या, आमा गम्भीर घाइते

सुनसरी । सुनसरीको धरानमा आमाछोरीमाथि खुकुरीले आक्रमण भएको छ । आक्रमणमा परी छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् । प्रहरीका अनुसार आज दिउँसो सङ्खुवासभाको खाँदबारी घर भएका बबिन बरालले उनीहरूमथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट १४ वर्षीया युजिन राईको मृत्यु भएको छ । उनकी आमा सिर्जना शाही राई गम्भीर घाइते भएकी छन् । दुवैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ...
अमेरिकाको टेक्सासमा गोली हानी नेपाली विद्यार्थी पाण्डेको हत्या

अमेरिकाको टेक्सासमा गोली हानी नेपाली विद्यार्थी पाण्डेको हत्या

विराटनगर । अमेरिकाका गोली हानेर नेपाली विद्यार्थीको हत्या भएको छ । सोमबार अपराह्‍न टेक्सास राज्यस्थित ह्युस्टनको एक अपार्टमेन्टमा नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको हो । अमेरिकाबाट प्रकाशित हुने अनलाइन ‘हिमालय खबर’ का अनुसार ह्युस्टनको एक कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या भएको हो । कसले किन हत्या गर्यो भन्ने खुलेको छैन । यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । ती व...
पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

खोटाङ । पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको नागी नजिक जंगलमा तुवाचुङडाँडाबाट झरेको पहिरोले आज बिहानदेखि सडक अवरुद्ध भएको हो । पहिरोले यातायात अवरुद्ध भएको हलेसी तुवाचुङ नगरपालिका–७ का वडाध्यक्ष कमल गिरीले बताए । तीनवटा डोजरले पहिरो पन्छाउने काम भइरहेको उनले बताए । उक्त ठाउँमा करिब ५० मिटर सडकमा पहिरो थुप्रिएको छ । सडक अवरुद्ध भएपछि एक सयभन्दा बढी सवारी सा...
विराटनगरको राधाकृष्ण रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने अनुमान

विराटनगरको राधाकृष्ण रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने अनुमान

विराटनगर । विराटनगरमा आज निकालिने श्री राधाकृष्ण रथयात्रामा करिब पाँच लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ । रथयात्रा समारोह समितिका अनुसार नेपाल र छिमेकी देश भारतबाट रथयात्राको प्रत्यक्ष अवलोकन गर्न पाँच लाख भक्तजन सहभागी हुनेछन् । एक महिना अघिदेखि तयारी थालेको समितिले रथयात्रालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न निकायसँग सहकार्य गरेको छ । रथयात्रामा सहभागी भक्तजनहरूले सहजै रथको अवलोकन गर्न ...
बहुमूल्य सामग्री बोकेर रथयात्रामा सहभागी नहुन प्रहरीको आग्रह

बहुमूल्य सामग्री बोकेर रथयात्रामा सहभागी नहुन प्रहरीको आग्रह

विराटनगर । विराटनगरमा आज निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्रामा १ हजार २ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । रथयात्राका क्रममा कुनै पनि अमर्यादित घटना नहोऊन् भनेर ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले सादा पोसाक र हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिने भएपनि सबै सचेत हुन आवश्यक रहेको बताए । रथयात्रालाई...
‘खटयात्रा’ देखि रथयात्रासम्म

‘खटयात्रा’ देखि रथयात्रासम्म

विराटनगर । दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्रा दाबी गरिएको राधाकृष्ण रथयात्रा हरेक वर्षझैँ यो वर्षपनि आज निकालिँदै छ । ५६औं संस्करणको रथयात्रा विराटनगर–१ पोखरियास्थित राधाकृष्ण मन्दिरबाट निकालिने छ । राधाकृष्ण मन्दिरको स्थापनासँगै वि.सं. १९८८ सालदेखि युगल जोडी भगवान श्री राधाकृष्ण आरुढ ‘खट’ यात्राबाट प्रारम्भ भएको ऐतिहासिक जात्रा २०२५ सालबाट रथयात्रामा रूपान्तरण भएको हो । खटयात्रालाई स्थानीय भू...
खोटाङमा पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु

खोटाङमा पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु भएको छ । उक्त नगरपालिकाको वडा ३ मा पर्ने च्यास्मिटारस्थित बाङमाका गइन्द्र राईका ६ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको हिजो साँझ सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार घरदेखि केही पर भुतियाखोला नजिकै बनाइएको सिँचाइ पोखरीमा डुबिरहेको अवस्थामा उनीहरूलाई स्थानीय बासिन्दाले देखेर खबर गरेका थिए । तत...
रथयात्रामा ११४ ट्राफिक प्रहरी खटाइने

रथयात्रामा ११४ ट्राफिक प्रहरी खटाइने

विराटनगर । विराटनगरमा भोलि निकालिने राधाकृष्ण रथयात्राका लागि ११४ जना ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार ५५ स्थानमा ट्राफिकलाई ड्युटीमा खटाइने छ । रथयात्राका लागि सुनसरी र झापाबाट समेत २५ जना ट्राफिक प्रहरी झिकाइएको उनले जानकारी दिए । मोरङमा ११० जना ट्राफिक प्रहरी छन् । अन्य स्थानमा पनि नियमित ड्युटी गर्नुपर्...
विराटनगरमा राधाकृष्ण रथयात्राः सिसी क्यामराबाट निगरानी गरिने

विराटनगरमा राधाकृष्ण रथयात्राः सिसी क्यामराबाट निगरानी गरिने

विराटनगर । विराटनगरमा भोलि मङ्गलबार निकालिने राधाकृष्ण रथयात्रामा आपराधिक गतिविधि हुन नदिन सिसी क्यामराबाट निगरानी गरिने भएको छ । महानगरपालिकाको प्रशासनिक भवनस्थित नगर प्रहरीको कन्ट्रोल रुमबाट रथयात्रामा हुन सक्ने आपराधिक गतिविधिको निगरानी गरिने भएको हो । राधाकृष्ण मन्दिरदेखि रोडशेष चोकसम्म जडान गरिएका सिसी क्यामराबाट रुपमा निगरानी गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । रथयात्रामा...
ढुङ्गाले लागेर अरुण तेस्रो आयोजनाका मजदुरको मृत्यु

ढुङ्गाले लागेर अरुण तेस्रो आयोजनाका मजदुरको मृत्यु

संखुवासभा । मकालु गाउँपालिका–५ मा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यस्थलमा ढुङ्गा खसेर एकजना मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ४९ वर्षीय तुलसीराम थारू काम गर्ने क्रममा हिजो साँझ माथिबाट झरेको ढुङ्गाले लागेर घाइते भएका थिए । उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

विराटनगर । आज श्रीकृष्ण जन्माष्टमी पर्व । वैदिक सनातन हिन्दू धर्मावलम्बीले यो पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धापूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ । आज विराटनगर लगायत देशभरका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा आरा...
नक्कली नोटसहित इलाम र झापाका तीनजना काठमाडौँमा पक्राउ

नक्कली नोटसहित इलाम र झापाका तीनजना काठमाडौँमा पक्राउ

विराटनगर ।  प्रहरीले काठमाडौँको गौशालाबाट नक्कली नेपाली नोट र खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा र इलामका युवक छन् । प्रहरीका अनुसार झापाको झापा गाउँपालिका–५ घर भई काठमाडौँ–९ बस्ने ३० वर्षीय एराजुल हक, इलामको फाकफोकथुम–३ घर भई काठमाडौँ–९ बस्ने  ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामकै सूर्याेदय नगरपालिका–३ घर भई काठमाडौँ–९ बस्ने ४७ वर्षीय बोधचन्द्र नामचुङ छन् । उनीहरूल...
पाँचथरमा चट्याङ लागेर भाइको मृत्यु, दाजु घाइते

पाँचथरमा चट्याङ लागेर भाइको मृत्यु, दाजु घाइते

पाँचथर । पाँचथरमा चट्याङ लागेर विद्यालयबाट फर्कँदै गरेका बालकको मृत्यु भएको छ । तुम्बेवा गाउँपालिका–२ हुलाक टोलका डिल्लीराम तिम्सिनाका छोरा १५ वर्षीय दर्शन तिम्सिनाको आइतबार अपरान्ह विद्यालयबाट घर फर्कने क्रममा चट्याङले लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार इन्द्राणी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बालकको वडा–३ सहिद पार्क छेउ पुग्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु...
तिजको अवसरमा भदौ १४ देखि विराटनगरमा ‘नारी उत्सव २०८१’

तिजको अवसरमा भदौ १४ देखि विराटनगरमा ‘नारी उत्सव २०८१’

विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यमी समितिले हरितालिका तिजको उपलक्ष्यमा भदौ १४ देखि १६ गतेसम्म विराटनगरमा ‘नारी उत्सव २०८१’ प्रदर्शनी आयोजना गर्ने भएको छ । कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकासँग सहकार्यमा कार्यक्रम आयोजना गरिने भएको हो । उत्सवका अवसरमा महिलाद्वारा उत्पादित घरायसी वस्तु राखिने भएको छ । ती वस्तुको बजार प्रवर्द्धनमा सघाउने समितिले जनाएको छ । उत्सवमा स्थानीय औद्...
झापाका सन्तोष लोक्समले जिते ‘मिस्टर नेपाल वर्ल्ड २०२४’ को उपाधि

झापाका सन्तोष लोक्समले जिते ‘मिस्टर नेपाल वर्ल्ड २०२४’ को उपाधि

विराटनगर । मिस्टर नेपाल वर्ल्ड २०२४ को उपाधि झापाका सन्तोष लोक्समले जितेका छन् । काठमाडौँको होटल सोल्टीमा आयोजित ग्राण्ड फिनालेमा उनले पुरुष सौन्दर्य प्रतियोगिताको प्रतिष्ठित घरेलु संस्करणको उपाधि जिते । विजेता बनेसँंगै लोक्समले नोभेम्बरमा भियतनाममा आयोजना हुने ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । साथै उनले ५ लाख बराबरको विभिन्न पुरस्कार हात पारेका छन् । यस्तै, योगेश श्रेष्ठ म...
भुटानलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

भुटानलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ । लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हरायो । निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । पेनाल्टी शुटआउटमा नेपालका गोलकीपर जियारथ शेखले भुटानका दुईजना खेलाडीको पेनाल्ट...
चोरिएका दुईवटा मोटरसाइकलसहित ६ जना पक्राउ

चोरिएका दुईवटा मोटरसाइकलसहित ६ जना पक्राउ

सुनसरी । इलाका प्रहरी कार्यालय धरानले चोरीको दुईवटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुरका २३ वर्षीय दिपककुमार यादव, राजबिराजका २० वर्षीय मो. सर्फराज इराकी, राजविराज–२ का २४ वर्षीय मो. रहमान छन् । यसैगरी, राजविराज नगरपालिका–२ का अरविन यादव, सिरहा जिल्ला घर भई हाल विराटनगरमा डेरा गरी बस्ने ऋतिक यादव र सुरज साह पनि पक्राउ परेका छन् । गत भदौ ३ गते धरान उपमहानग...
पाँचथरको फिदिममा करेन्ट लागेर बालकको मृत्यु

पाँचथरको फिदिममा करेन्ट लागेर बालकको मृत्यु

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–२ पल्लोटारस्थित जोरपिपलमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । नुवाकोट जिल्ला घर भई फिदिम बस्दै आएका बद्रीकुमार पाण्डेका १५ वर्षीय छोरा युवराज पाण्डेको करेन्ट लागेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । कोठाभित्र रहेको बिजुलीको मल्टिप्लगको सर्किट छुँदा उनलाई करेन्ट लागेको थियो । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया प...
धनकुटाको फोकल्याण्ड टापुमा बोलेरो गाडी दुर्घटना

धनकुटाको फोकल्याण्ड टापुमा बोलेरो गाडी दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–६ फोकल्याण्ड टापुमा केही बेरअघि बोलेरो गाडी दुर्घटना भएको छ । संखुवासभातिरबाट आइरहेको गाडी उक्त स्थानमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार साहका अनुसार दुर्घटनास्थलतर्फ टोली परिचालन गरिएको छ । टोलीले तत्काल उद्धारका काम गर्ने उल्लेख गर्दै उनले विस्तृत विवरण आउन बाँकी रहेको संगालोखबरलाई जानकारी दिए । गाडीमा चालकसहित १० जना सवार रह...
error: Content is protected !!