संगालोखबर

विराटनगर । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ प्रभुपाद विराटनगर–१० ले श्रीकृष्ण जन्माष्टमी महोत्सव मनाउने भएको छ । सिटी प्यालेसमा विविध कार्यक्रम गरेर कृष्ण जन्माष्टमी मनाउन लागेको उपाध्यक्ष विपिन बिहारी दासले जानकारी दिए ।

Advertisement

भदौ १० गते सोमबार विभिन्न आत्मिक र धार्मिक कार्यक्रम गरेर बिहान साढे ७ देखि राति १२ बजेसम्म मनाइने उनले बताए । कार्यक्रममा हजारौं भक्तजन सहभागी हुने उनले बताए ।

कार्यक्रमलाई भव्य बनाउन श्रीकृष्ण जन्माष्टमी २०८१ महोत्सव उपसमिति गठन गरिएको उनले जानकारी दिए । प्रिन्स देवको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!