संगालोखबर

विराटनगर । भारतीय नम्बरको कारबाट प्रहरीले विराटनगरमा ७२ किलो गाँजा बरामद गरेको छ । भारततिर लैजान खोजिएको उक्त गाँजा प्रहरीले आज बिहान विराटनगर–१८ मा बरामद गरेको हो ।

Advertisement

डब्लूबी १६ यू १०७१ नम्बरको कारमा राखेर गाँजा निकासी गर्न लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार प्रहरी टोलीले जाँचका लागि रोक्ने क्रममा कारका चालक फरार भएका थिए ।

उक्त कार नजिकै रहेका तीनजना भारतीय नागरिकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।  पक्राउ पर्नेमा भारतको जोगबनीका ४० वर्षीय बैजनाथ रजक, १८ वर्षीय पप्पु रजक र आलोककुमार छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!