विराटनगर । मोरङको कानेपोखरीमा खोलामा डुबेर बालिकाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–६ की उषा मगरको घरमा बस्दै आएकी ८ वर्षीया तुलसा रानामगरको ज्यामिरे भलुवा खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलामा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक घर भएकी उनी कानेपोखरीमा रहेको फुपुको घरमा बस्दै आएकी थिइन् ।