संगालोखबर

विराटनगर । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । मन्त्रिपरिषद्को बैठकले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा हिजो सरकारले टिकटक खुला गर्ने विकल्पबारे कम्पनीका नेपाल प्रतिनिधिसँग छलफल गरेको थियो ।

Advertisement

टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले प्रतिबन्ध फुकुवा गरिदिन र आफू नेपालको कानुनबमोजिम टिकटक सञ्चालन गर्न तयार रहेको भन्दै पत्र सञ्चार मन्त्रालयमा बुझाएको थियो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणलगत्तै नेपालमा सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!