संगालोखबर

तनहुँ । तनहुँको आँबुखैरेनी-२ ऐनापहराबाट मर्स्याङ्दी नदी किनारमा बस खस्दा १४ जनाको मृत्यु भएको छ । घटनास्थलबाट १६ जना घाइतेलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।

Advertisement

पोखराबाट काठमाडौँ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको हो । दुर्घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनालाई उद्धार गरेर उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली दुर्घटनास्थल पुगेर उद्धारको काममा खटिएको छ । बसमा करिब ४० जना भारतीय पर्यटक सवार रहेको बताइएको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!