संगालोखबर
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ राजाबासमा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । उक्त स्थानमा रहेको डम्पिङ साइटमा ताप्ली गाउँपालिका–१ का ५० वर्षीय कृष्णबहादुर दमाई मृत अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक सुभास राईका अनुसार बिहान भेटिएको शवको पहिचान हुन सकेको थिएन । उनका नाति पर्ने ३४ वर्षीय मीनबहादुर परियारले शवको पहिचान गरेका हुन् ।

Advertisement

स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरी टोली पुगेर उक्त शवलाई प्रहरीले कटारी अस्पतालमा शव परीक्षणका लागि राखेको थियो । शव परीक्षणपछि परिवारको जिम्मा लगाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!