संगालोखबर

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाले खाली जमिन सदुपयोग गर्न आफ्नै लगानीमा चिया खेती विस्तार गरेको छ । आर्थिक वर्ष २०७४/७५ देखि चियाखेती गरिरहेको गाउँपालिकाले चार करोड ५० लाख लगानी गरिसकेको छ ।

Advertisement

पालिकाका वडा नं १ २, ३ र ६ मा चिया खेती विस्तार थालिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले चियाखेती सुरु गरिएको अध्यक्ष राईको भनाइ छ ।

गाउँपालिकाको माथिल्लो भेगमा धेरै खाली चौर रहेकोले र चियाखेतीको राम्रो सम्भावना भएको पनि उनले बताए । गाउँपालिकासँगै स्थानीयलाई पनि निजी खाली जमिनमा चियाखेती विस्तार गर्न प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गरिरहेको अध्यक्ष राईको भनाइ छ ।

गाउँपालिकाले ऐन निर्माण गरेर चिया विकास संस्था सञ्चालन गर्ने समेत उनको भनाइ छ । उत्पादित चियाको प्रशोधन गर्नका लागि वडा २ मा कारखाना स्थापना भइरहेको प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले बताए ।

गाउँपालिकाको  ४५ लाख र कोशी प्रदेश सरकारको एक करोड लागतमा निर्माण भइरहेको प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!