संगालोखबर
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरबाट पाँच जना फरार प्रतिवादी पक्राउ परेका छ । जिल्ला अदालतको फैसलापछि फरार रहेका त्रियुगा नगरपालिका-१० का ५० वर्षीय खुम्बराज खत्रीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

खत्रीविरुद्ध दुईवटा गाली वेइज्यति मुद्दामा अदालतले १० हजार एक सय जरिवाना तोकेको छ । यसैगरी वडा नम्बर-६ का ४५ वर्षीय सुकदेव चौधरी, ४० वर्षीया प्रभादेवी चौधरी पक्राउ परेका छन् ।

Advertisement

उनीहरूविरुद्ध कुटपिट तथा लुटपाटमा जनही तीन हजार जरिवाना तोकिएको छ । वडा नम्बर-११ का ७५ वर्षीय जगदेव चौधरी र वडा नम्बर-३ का ३७ वर्षीय प्रदीप कुमार चौधरी पनि पक्राउ परेका छन् ।

उनीहरूलाई चेक अनादर मुद्दामा दुई हजार र एक हजार जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन चापागाईँले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थिति गराइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!