कोशीमा एक हजार बढीमा डेंगु सङ्क्रमण

कोशीमा एक हजार बढीमा डेंगु सङ्क्रमण

विराटनगर । कोशी प्रदेश एक हजार बढीमा डेंगु सङ्क्रमण भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार कोशीमा एक हजार २७ जनामा डेंगु सङ्क्रमण भएको छ । देशभर नौं हजार चार सय ८६ जनामा डेंगु सङ्क्रमण भइसकेको छ । सङ्क्रमित सङ्ख्यामध्ये चार हजार पाँच सय ३९ जना सङ्क्रमित गण्डकी प्रदेशमा छन् । बागमतीमा दुई हजार चार सय ५३, मधेसमा एक सय ८०, लुम्बिनीमा छ सय ४४, कर्णालीमा एक सय ३९...
धनकुटाबाट चोरीका मोटरसाइकलसहित चार जना पक्राउ  

धनकुटाबाट चोरीका मोटरसाइकलसहित चार जना पक्राउ  

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ कमुवा खोलाबाट चोरीका मोटरसाइकल र स्कुटरसहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले हिँजो चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी-३ का २३ वर्षीय सबिन याख्खा, ३४ वर्षीय सन्त कुमार श्रेष्ठ, २४ वर्षीय अमृत याख्खा र धनकुटा नगरपालिका-४ का १८ वर्षीय आयुश विश्वकर...
मोरङको मिक्लाजुङमा जङ्गली च्याउ खाँदा चार जना बिरामी

मोरङको मिक्लाजुङमा जङ्गली च्याउ खाँदा चार जना बिरामी

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-१ मा जङ्गली च्याउ खाँदा चार जना बिरामी परेका छन् । हिँजो साँझ जङ्गली च्याउको तरकारी पकाएर खाँदा एकै परिवारका चार जना बिरामी परेका हुन् । बिरामी पर्नेमा ५८ वर्षीया बलमाया राई, २५ वर्षीय सुजन राई, १८ वर्षीय कुमार राई र २४ वर्षीया मञ्जु राई रहेका छन् । उनीहरूको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्न...
विराटनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

विराटनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार विराटनगर-१० का २५ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ । मोटरसाइकल चालक विराटनगर-१५ का १८ वर्षीय राजीव मण्डल पनि गम्भिर घाइते भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । विराटन...
विद्यालय नाटक महोत्सवको नवौँ दिन ‘ज्ञ’ मञ्चन

विद्यालय नाटक महोत्सवको नवौँ दिन ‘ज्ञ’ मञ्चन

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको नवौँ दिन आज ‘ज्ञ’ नामक नाटक मञ्चन भएको छ । हाटखोलास्थित आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सुबिजिमुर मेमोरियल सेकेन्डरी स्कुलले नाटक मञ्चन गरेको हो । विद्यार्थीहरू प्रतीक्षा अधिकारीको लेखन तथा सोनाम तामाङको निर्देशन रहेको नाटकमा नेपालको शिक्षा प्रणालीमा व्याप्त समस्याहरूलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको थियो । नाटकमा संयोग भट्टराई, साइन तिमिल्...
प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोगबनीका २४ वर्षीय बिक्की राय, १९ वर्षीय देउ राउत र विराटनगर-१ का २६ वर्षीय विधान अधिकारी रहेका छन् । उनीहरूको साथमा प्रहरीले २ ग्राम १ मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट उनीहरूल...
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज तोलामा पाँच सय रुपैयाँ बढेर सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख ५६ हजार आठ सय रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा एक लाख ५६ हजार तीन सय रुपैयाँ पुगेको थियो । बुधवार सुनको मूल्य एक लाख ५३ हजार चार सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा एक हजार ९ सय रुपैयाँ कायम भए...
ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ 

ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ 

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति ग्रामथान-४ कटहरास्थित जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जुवा खेलिरहेको अवस्थामा १८ लाख ५१ हजार पाँच सय रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।माझीसहित सुनसरीको दुहबी नगरपालिका-६ का ४५ वर्षीय जयकिशोर...
ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

विराटनगर । ताप्लेजुङ केन्द्रबिन्दु भएर भुकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो ।
धनकुटाका सात वटै पालिकामा एमालेले सङ्गठन कमिटी बनाउँदै

धनकुटाका सात वटै पालिकामा एमालेले सङ्गठन कमिटी बनाउँदै

धनकुटा । नेकपा एमालेले धनकुटाका सात वटै पालिकामा सङ्गठन कमिटी निर्माण गर्ने भएको छ । पालिका कमिटीहरूको अवधि सकिएकाले अधिवेशनसम्म तत्कालका लागि सात वटै पालिकामा सङ्गठन कमिटी निर्माण गर्न थालिएको हो । पाख्रीवास र महालक्ष्मीमा सङ्गठन कमिटी निर्माण भइसकेको छ । अब, छथर जोरपाटी, साँगुरीगढी, चौबिसे, सहिदभूमि र धनकुटा नगरमा सङ्गठन कमिटी निर्माण गरिने एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन ...
विद्यार्थी परिषद्को आयोजनामा प्रतिभा प्रस्फुटन कार्यक्रम 

विद्यार्थी परिषद्को आयोजनामा प्रतिभा प्रस्फुटन कार्यक्रम 

धनकुटा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले प्रतिभा प्रस्फुटन कार्यक्रम गरेको छ । ६० औं बालदिवसको अवसरमा भाषा माध्यमिक विद्यालय धनकुटा इकाईले आज कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विभिन्न प्रतियोगिता भएका थिए । नर्सरी र केजीका बालबालिकालाई तातो आलु प्रतियोगिता गराइएको परिषद्का प्रदेश सचिव जितेन लोहारले जानकारी दिए ।  तातो आलु प्रतियोगितामा सुबेक्षा तामाङ प्रथम, युबन् लिम्बू द्वितीय र रि...
विद्यालय नाटक महोत्सवको सातौँ दिन ‘जिम्मेवारी कसको ?’ मञ्चन

विद्यालय नाटक महोत्सवको सातौँ दिन ‘जिम्मेवारी कसको ?’ मञ्चन

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको सातौँ दिन आज ‘जिम्मेवारी कसको ?’ नामक नाटक मञ्चन भएको छ ।हाटखोलास्थित आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा नमुना विद्या मन्दिरले उक्त नाटक मञ्चन गरेको हो । विद्यालयका शिक्षक पशुपति रिमालको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा वर्तमान अवस्थाका बालबालिकालाई के कस्ता पक्षले प्रभाव पारिरहेको छ भन्ने कुरा देखाउन खोजिएको थियो । यसैगरी बालबालिकालाई सक्ष...
तोलामा तीन हजार बढेको सुनको मूल्यमा पुनः नयाँ रेर्कड, कति पुग्यो ?

तोलामा तीन हजार बढेको सुनको मूल्यमा पुनः नयाँ रेर्कड, कति पुग्यो ?

विराटनगर । आज सुनको मूल्य तोलामा तीन हजारले वृद्धि भएको छ । तोलामा तीन हजार बढेको सुनको मूल्य हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख ५६ हजार तीन सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको थियो । बुधवार सुनको मूल्य एक लाख ५३ हजार चार सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले ...
रङ्गेली नगरपालिकाविरुद्ध काङ्ग्रेसको आन्दोलन उग्र बन्दै, कर्मचारीमाथि हातपात

रङ्गेली नगरपालिकाविरुद्ध काङ्ग्रेसको आन्दोलन उग्र बन्दै, कर्मचारीमाथि हातपात

विराटनगर । नेपाली काङ्ग्रेसले कर वृद्धिको विरोधमा रङ्गेली नगरपालिका विरुद्ध सुरु गरेको आन्दोलनले उग्र रूप लिएको छ । भदौ २ गतेबाट सुरु गरेको आन्दोलन थप उग्र बन्दै गएको हो । आज आन्दोलनकै क्रममा काङ्ग्रेस कार्यकर्ताहरूले नगरपालिकाका कर्मचारीमाथि हातपात गरेका छन् । बिहान ९ बजेदेखि नगरपालिका अगाडि बसेका आन्दोलनकारीले कर्मचारीलाई कार्यालयमा प्रवेशमा रोक लगाउँदै हातपात गरेका हुन् । सोही क्रममा जिन्सी...
इलाममा भेटियो एकापट्टी मात्र छापिएको पाँच सयको नोट 

इलाममा भेटियो एकापट्टी मात्र छापिएको पाँच सयको नोट 

इलाम । गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको पाँच सयको नोटमा एकापट्टी खाली भेटिएको छ । इलामका सुमन श्रेष्ठले ङ ९३४८७४१८ नम्बरको पाँच सयको नोट केहिदिन अघि फेला पारेका हुन् । २०७३ साल निष्कासित मिति उल्लेख गरिएको उक्त नोटको एकतर्फ भने खाली छ । उनले आफूले एकै दिन विभिन्न बैङ्कको एटिएमबाट पैसा निकालेको र एक घरमा पैसा साट्ने क्रममा आफूले खाली नोट भेट्टाएको बताएका छन् । ‘खाली नोट कहाँबाट आयो भन्न...
कोशी प्रदेश : तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

कोशी प्रदेश : तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

विराटनगर । कोशी प्रदेशमा काङ्ग्रेसबाट सहभागी तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । आज बिहान प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारमा सहभागी मन्त्रीहरूलाई सपथ खुवाएका हुन् । काङ्ग्रेसका प्रदेश महामन्त्रीसमेत रहेका भुपेन्द्र राईले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । खगेनसिंह हाङ्गामले उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सदानन्द मण्ड...
दशैं अगाडि चारवटा नगरबस सञ्चालन गर्छौं : मेयर कोइराला

दशैं अगाडि चारवटा नगरबस सञ्चालन गर्छौं : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दशैं अगाडि चारवटा नगरबस सञ्चालन गर्ने बताएका छन् । नेकपा एमाले मोरङले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मेयर कोइरालाले यस्तो बताएका हुन् । उनले यसको लागि तयारी थाल्ने उल्लेख गरे । एमाले मोरङले ६ बुँदे ध्यानाकर्षण पत्र मेयर कोइरालालाई बुझाएको छ । निर्वाचित भएको २ वर्ष ५ महिना भइसक्दा पनि महानगरले विकास निर्माणका सवालमा अपेक्षित काम गर्न नसकेक...
प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिएको प्रति चौतर्फी आलोचना 

प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिएको प्रति चौतर्फी आलोचना 

काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले धरपकड गर्दै जबरजस्ती पक्राउ गर्न खोजेको भन्दै चौतर्फी आलोचना भएको छ । प्रेस चौतारी र पत्रकार महासङ्घले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिने व्यवस्था हुँदाहुँदै धरपकड गर्न खोज्नु गलत भएको उल्लेख गरेका छन् । जनता टाइम्स अनलाइनका सञ्चालक समेत रहेका बस्नेतलाई काठमाडौंको बा...
इलाम-काठमाडौं उडान पुनः सुरु  

इलाम-काठमाडौं उडान पुनः सुरु  

इलाम । इलाम नगरपालिका-९ स्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा उडान सुरु भएको छ । गत जेठबाट रोकिएको उडान यात्रु पाएसँगै आज बिहानबाट सुरु भएको हो । नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इन्चार्ज दिनेश सुन्दासका अनुसार तत्कालका लागि हप्तामा एक दिन इलाम काठमाडौं उडान हुनेछ । नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान भर्नेछ । आइतबार र बिहीबार उडान हुँदै आएकोमा अब केही समय भने बिहीबार मात्र उडा...
आजबाट ‘कृषि एक्स्पो’ सुरु

आजबाट ‘कृषि एक्स्पो’ सुरु

विराटनगर । मोरङको कटहरी गाउँपालिका-१ स्थित कृषि थोक बजार केन्द्रमा कोशी प्रदेशकै पहिलो कृषि एक्स्पो सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिले आयोजना गरेको एक्स्पोको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गरेका हुन् । एक्स्पोमा कृषि तथा पशुपन्छीसम्बन्धी सरकारी कार्यालयको स्टलदेखि निजी क्षेत्रले उत्पादन गरेका कृषि उपकरण र किसानका उत्पादनसहितको एक सय ३० वटा स...
कति घट्यो सुनको मूल्य ?

कति घट्यो सुनको मूल्य ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । हिँजो नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा एक सय घटेर आज सुनको मूल्य एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने बढेको छ । हिँजो एक हजार सात सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ ।
झापामा पूजाको प्रसाद खाँदा बिरामी परेका ५९ जनामध्ये ५२ जना डिस्चार्ज

झापामा पूजाको प्रसाद खाँदा बिरामी परेका ५९ जनामध्ये ५२ जना डिस्चार्ज

विराटनगर । झापाको अर्जुनधारा नगरपालिका-९ मा पूजाको प्रसाद खाँदा बिरामी परेका मध्ये ५२ जना डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय रीता निरौलाको घरमा पूजाको प्रसाद खाँदा ५९ जना बिरामी परेका थिए । जसमध्ये ५२ जनाको डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले संगालोखबरलाई जानकारी दिएको छ । अन्य सात जनाको उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । वडा नम्बर ९ का वडाध्यक्...
कोशी प्रदेश खेलकुद विकास बोर्डको भवन उद्‌घाटन

कोशी प्रदेश खेलकुद विकास बोर्डको भवन उद्‌घाटन

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले आफ्नै भवनबाट सेवा विस्तार गरेको छ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले उद्‌घाटन गरेसँगै बोर्डले आफ्नै भवनबाट सेवा बिस्तार गरेको हो । मन्त्री राईले बोर्डका सदस्य सचिव तथा बोर्ड सदस्यहरू र कर्मचारीको पहलले बोर्ड नयाँ भवनमा स्थानान्तरण गर्न सकिएको बताए । राईले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी नया...
विराटनगरमा मसाल जुलुस प्रदर्शन

विराटनगरमा मसाल जुलुस प्रदर्शन

विराटनगर । अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई प्रहरीले हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा विराटनगरमा आज साँझ मसाल जुलुस प्रदर्शन गरिएको छ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ र तरुण दलले विराटनगरको हस्पिटल चोकमा जुलुस प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरूले प्रदेश सरकार र प्रहरी प्रशासनविरुद्ध नारावाजी गरेका छन् । उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको ...
सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्छ : राजेन्द्र राई 

सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्छ : राजेन्द्र राई 

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्रकुमार राईले पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशनमा समर्थन जनाएका छन् । अनशनरत स्थलमा पुगेका राईले कार्कीले उठाएका मागहरू जायज भएका कारण आन्दोलनमा पार्टीले समर्थन गरेको बताए । सरकारले अहिले नै माग पूरा गर्न सक्दैन भने पनि वार्तामा आएर समाधान खोज्नतर्फ लाग्नुपर्ने उनले बताए । ‘अनशन भनेको आन्दोलनको सबैभन...
दलसँग सल्लाह नै नगरी अनशन बस्नुभयो : उद्धव थापा 

दलसँग सल्लाह नै नगरी अनशन बस्नुभयो : उद्धव थापा 

विराटनगर । नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन स्थलमा पुगेका छन् । पार्टीका कोशी प्रदेश सभापति तथा पूर्वमुख्यमन्त्री समेत रहेका थापाले अनशन स्थलमा पुगेर अवस्था बुझेका हुन् । अनशनरत कार्कीले सरकारले आफूले राखेका माग सम्बोधन गरेमात्र अनशन छाड्ने थापालाई जानकारी गराएका छन् । कार्कीले भने, ‘रहरले अनशन बसेको हैन । मेरो लागि पनि हैन । जनताका...
मोरङको बुढीगंगामा करेन्ट लागेर पतिपत्नीको घटनास्थलमै मृत्यु

मोरङको बुढीगंगामा करेन्ट लागेर पतिपत्नीको घटनास्थलमै मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-५ नयाँ टोलमा करेन्ट लागेर पतिपत्नीको मृत्यु भएको छ । आज बिहान विद्युतीय मोटर चलाएर कल पेल्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको हो । भारत भागलपुर घर भएर बुढीगंगा-५ मा बस्दै आएका ७५ वर्षीय कैलाश मण्डल र उनकी पत्नी ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो । उनीहरूले बुढीगंगा-५ मा देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएको मोर...
धनकुटाको सहिदभूमिबाट गाँजा बोकेको पिकअपसहित चालक पक्राउ

धनकुटाको सहिदभूमिबाट गाँजा बोकेको पिकअपसहित चालक पक्राउ

धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिका-४ खोकुबाट गाँजासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहानको राति दुई सय ८७ किलो गाँजासहित २५ वर्षीय मेखराज राईलाई नियन्त्रणमा लिएको हो । राईले चलाएको को १ च ९२९० नम्बरको पिकअप चेकजाँचका क्रममा २५ बोरा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पिकअप र चालक सहिदभूमि-४ का राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेक...
माग पुरा नभएसम्म पूर्वमुख्यमन्त्री कार्कीको अनशन जारी रहने

माग पुरा नभएसम्म पूर्वमुख्यमन्त्री कार्कीको अनशन जारी रहने

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन जारी राखेका छन् । विभिन्न ९ बुँदे मागसहित हिजो दिउँसो ४ बजेबाट अनशन सुरु गरेका कार्कीले दोस्रो दिन पनि अनशन जारी राखेका हुन् । कार्कीले अनशन सुरु गर्नुभन्दा अगाडि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै विभिन्न पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। कार्की निषेधित क्षेत्रमा अनशन बसेपछि बल प्रयोग गरेर प्रहरीले हटाएको...
सुनको मूल्यमा पुनः नयाँ रेकर्ड 

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड 

विराटनगर । आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज तोलामा एक हजार बढेर सुन तोलामा एक लाख ५३ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा एक लाख ५२ हजार चार सय रुपैयाँ कायम भएको थियो । यसअघि गत शुक्रबार तोलामा एक लाख ५३ हजार तीन सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा एक हजार ७६५ रुपैयाँ क...
प्रहरीले घर पुर्याए लगत्तै फेरि अनशन बस्न देवकोटा चोक आइपुगे कार्की

प्रहरीले घर पुर्याए लगत्तै फेरि अनशन बस्न देवकोटा चोक आइपुगे कार्की

विराटनगर । प्रदेश सभा नजिक अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको भएपनि कार्की फेरि अनशन बस्न देवकोटा चोक आइपुगेका छन् । निषेधित क्षेत्रमा अनशन बसेको टोलीलाई प्रहरीले बल प्रयोग गरेर हटाई पूर्वमुख्यमन्त्री कार्कीलाई उनको घर पुर्‍याएर छोडेको थियो । घर पुर्याए लगत्तै कार्की पुनः फर्किएर देवकोटा चोक आई अनशन बसेका छन् । उनीसहित केही नेता कार्यकर्ता अह...
error: Content is protected !!