ताप्लेजुङमा केबलकारको विरोध गर्दै राजेन्द्र महतोको नेतृत्वमा पदयात्रा (फोटो फिचर)

ताप्लेजुङमा केबलकारको विरोध गर्दै राजेन्द्र महतोको नेतृत्वमा पदयात्रा (फोटो फिचर)

विराटनगर । ताप्लेजुङमा केबलकारको विरोध गर्दै पदयात्रा गरिएको छ । आज राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा पदयात्रा भएको हो । करिब तीन सय जना सहभागि पदयात्रा सम्पन्न भएको छ । पदयात्रामा महतोसहित, पूर्वमन्त्री रकम चेम्जोङ, संविधानसभा सदस्य राजकुमार नाल्वो, किराँत याक्थुङ चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेन, पहिचानवादी नेता खगेन्द्र माखिम, पाथीभरा केबलकार खारेजी स...
कोशीमा एक वर्षको अवधिमा परिवारबाटै ३४ महिलाको हत्या

कोशीमा एक वर्षको अवधिमा परिवारबाटै ३४ महिलाको हत्या

विराटनगर । कोशी प्रदेशमा एक वर्षको अवधिमा ३४ जना महिलाको हत्या भएको तथ्याङ्क सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार परिवारजनबाटै ३४ जना महिलाको हत्या भएको हो । तथ्याङ्क अनुसार ओखलढुङ्गामा तीन, भोजपुरमा एक, इलाममा तीन, झापामा पाँच, सोलुखुम्बुमा एक, पाँचथरमा दुई, सङ्खुवासभामा एक, मोरङमा चार, सुनसरीमा तीन, ताप्लेजुङमा एक, तेह्रथुममा तीन र उदयप...
झापामा मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिता हुँदै 

झापामा मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिता हुँदै 

विराटनगर । नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीको आयोजना मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता फागुन ११ देखि १६ गतेसम्म झापाको दमकमा हुने भएको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव तथा नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) ले प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो क्षमता र प्रतिभा देखाउने अवसर प्रदान गर्ने बताए । महासङ्घ क...
सुनको मूल्य एक लाख ७१ हजार पुग्यो 

सुनको मूल्य एक लाख ७१ हजार पुग्यो 

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । बुधबार एक हजार एक सय रुपैयाँले बढेको सुनको मूल्य आज पाँच सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार हुँदा मङ्गलबार एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक लाख ६८ हजार सात सय रुपैयाँ प्रतितोलामा कारो...
धनकुटाको छथर जोरपाटीमा घाँस काट्न गएका पुरुष मृत भेटिए

धनकुटाको छथर जोरपाटीमा घाँस काट्न गएका पुरुष मृत भेटिए

धनकुटा । धनकुटामा एक पुरुषको शव भेटिएको छ । छथरजोरपाटी गाउँपालिका–५ का ४६ वर्षीय खेमराज थापाको शव भेटिएको हो । फागुन ३ गते बिहान घरबाट घाँस काट्न भनेर हिडेका उनी नफर्कीएपछि खोजी भइरहेको थियो । आज दिँउँसो १२ बजेतिर छिमेकीले घर नजिकै रहेको बोक्रे जंगलमा घाँसको भारी बोकेकै अवस्थामा मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । उनी छारे रोगका बिरामी रहेको खुलेको प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टमार्टमक...
विराटनगरको रानी नाका हुँदै फर्किए ७५ जना विद्यार्थी

विराटनगरको रानी नाका हुँदै फर्किए ७५ जना विद्यार्थी

विराटनगर । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थी रानी नाका हुँदै नेपाल फर्किएका छन् । उनीहरू आज नेपाल फर्किएका मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यादवका अनुसार मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११, काठमाडौंका ३, सिरहाका ३, सर्लाहीका २, जनकपुरका २, ललितपुरका १ र उदयपुरका १ जनासहित ७५ जना फ...
काँकडभिट्टा र विराटनगर हुँदै फर्किए केआईआईटीबाट १९ जना विद्यार्थी

काँकडभिट्टा र विराटनगर हुँदै फर्किए केआईआईटीबाट १९ जना विद्यार्थी

विराटनगर । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयबाट निकालिएका मध्ये १९ जना विद्यार्थी नेपाल फर्किएका छन् । झापाको काँकडभिट्टा नाकाबाट १६ जना र विराटनगर नाका हुँदै तीन जनासहित १९ जना विद्यार्थी नेपाल फर्किएका हुन् । बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थिति असहज बनेसँगै उनीहरू स्वदेश फर्किन बाध्य भएका हुन् । सप्तरी राजविराज...
तीन सातापछि तुम्लिङटार विमानस्थलमा उडान

तीन सातापछि तुम्लिङटार विमानस्थलमा उडान

संखुवासभा । संखुवासभाको तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान भएको छ । मौसममा सुधार आएपछि आज बुद्ध एयरको ७२ सिटे जहाजले उडान भरेको हो । विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ पछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौं-तुम्लिङटार उडान भएको हो । विमानस्थल वरिपरि कम्तीमा ५ किलोमिटर भिजिबिलिटी भएपछि उडान अनुमति ...
पाँचथरको फाल्गुनन्द-३ का वडाध्यक्ष नेम्बाङको निधन

पाँचथरको फाल्गुनन्द-३ का वडाध्यक्ष नेम्बाङको निधन

विराटनगर । पाँचथरको फाल्गुनन्द गाँउपालिका-३ का वडाध्यक्ष सुखविर नेम्बाङको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ७४ वर्षीय नेम्वाङको आज निधन भएको हो । विभिन्न अस्पतालमा उपचार गराए पनि निको हुने सम्भावना भएपछि केही समयदेखि उनलाई घरमा नै राखिएको थियो । २०७४ साल र २०७९ सालको स्थानीय तह निर्वाचनबाट उनी वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका श्रीमती र दुई छोरी रहेका छन् । आजनै उनको पौवासारतापमा अन्तिम ...
सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि 

सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि 

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-६ को एक कृषि फार्ममा बर्डफ्लु पुष्टि भएको छ । सप्तकोसी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो । बर्डफ्लु पुष्टि भएसँगै मन्त्रालयले कृषि फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकेर नियन्त्रण गर्न सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ । मन्त्रालयले सप्तकोसी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची...
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । मङ्गलबार प्रतितोला सात सय रुपैयाँले बढेको सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक लाख ६८ हजार सात सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आइतबार एक ला...
प्रजातन्त्रको रक्षा गर्नु सबैको जिम्मेवारी हो : मुख्यमन्त्री कार्की

प्रजातन्त्रको रक्षा गर्नु सबैको जिम्मेवारी हो : मुख्यमन्त्री कार्की

विराटनगर । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रजातन्त्रको रक्षा र प्रवर्द्धन अनिवार्य रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले नेपाली जनताले ठूलो सङ्घर्ष र बलिदानपछि प्रजातन्त्र प्राप्त गरेको स्मरण गर्दै यसको रक्षा गर्नु सबैको जिम्मेवारी र...
आज राष्ट्रिय प्रजातन्त्र दिवस 

आज राष्ट्रिय प्रजातन्त्र दिवस 

विराटनगर । आज ७५ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानिया राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रजातन्त्र दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविध...
‘ताप्लेजुङवासीको एउटै स्वर : पाथीभरामा केबलकार बन्नुपर्छ’

‘ताप्लेजुङवासीको एउटै स्वर : पाथीभरामा केबलकार बन्नुपर्छ’

ताप्लेजुङ । पाथीभरामा केबलकार बनाउन हुँदैन भनेर विरोध भइरहेका बेला ताप्लेजुङवासी बनाउनुपर्ने पक्षमा उभिएका छन् । जिल्लाको हकहितसँग जोडिएको विषय भएकाले छिटै केबलकार निर्माणको काम सक्नुपर्ने उनीहरूले बताएका हुन् । आज सदरमुकाम फुङलिङमा सद्भाव र्‍याली निकाल्दै जिल्लावासीले एकै स्वरमा केबलकार बनाउनुपर्नेमा जोड दिए । उनीहरूले ‘ताप्लेजुङले के भन्छ, केबलकार ल्याउ भन्छ’, ‘स्थानीय जनता के भन्छन्, केबलकार...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ 

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ 

विराटनगर । कोशी प्रदेशका तीन जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट उनीहरूलाई प्रतिबन्धित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । इलका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले मोरङको मिक्लाजुङ-७ का २० वर्षीय मनिष राईलाई पक्राउ गरेको छ । उनको घर खानतलासी गर्दा प्रहरीले ट्रामाडोल-९६, स्पास्टिन दुई सय ३८ क्याप्सुल र नाइट्रेजेपाम-४ ट्याबले...
भारतमा मृत फेला परेकी प्रकृति लम्साललाई न्याय माग्दै विराटनगरमा प्रदर्शन 

भारतमा मृत फेला परेकी प्रकृति लम्साललाई न्याय माग्दै विराटनगरमा प्रदर्शन 

विराटनगर । भारतमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्साललाई न्याय दिनुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । आज बिहान विराटनगरका विभिन्न स्थानमा विद्यार्थीहरूले प्रदर्शन गर्दै न्यायको माग गरेका हुन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट सुरु भएको प्रदर्शन रोडशेष चोकसम्म पुगेको थियो । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई अवरोधसमे...
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर 

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर 

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । सोमबार एक हजार दुई सय रुपैयाँले बढेको सुनको मूल्य आज सात सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ६८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य स्थिर छ । सोम...
माओवादीले ‘जनतासँग माओवादी, तराई-मधेश जनजागरण अभियान’ चलाउँदै

माओवादीले ‘जनतासँग माओवादी, तराई-मधेश जनजागरण अभियान’ चलाउँदै

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले ‘जनतासँग माओवादी, तराई-मधेश जनजागरण अभियान’ चलाउने भएको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा गरिएको पत्रकार सम्मेलनमा आगामी फागुन १२ गतेदेखि अभियान चलाउने जानकारी गराइएको हो । अभियान झापाको कचनकवलबाट सुरु भएर कञ्चनपुरमा समापन गर्ने तय गरिएको छ । जसअन्तर्गत कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा एक-एक ...
विराटनगरमा मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिँदा चार जना घाइते

विराटनगरमा मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिँदा चार जना घाइते

विराटनगर । विराटनगर-१० सोमबारेमा मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सोमबार कोशी लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्दै गरेको विराटनगर १ ह ००११ नम्बरको सिटी सफारीलाई उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १-०२-०५२ प ३१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा विराटनगर-१५ की ६० वर्षीया फूलोदेव...
दुहबीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको मृत्यु

दुहबीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको मृत्यु

विराटनगर । सुनसरीको दुहबीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी इटहरी-५ की ५० वर्षीया श्रीमाया बुढाथोकीको उपचारका क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको हो । सोमबार दिउँसो १२ बजेतिर कोशी लोकमार्ग अन्तरगत दुहबी-८ स्थित हुलास फ्याक्ट्री अगाडि दुर्घटना भएको थियो । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७०२३ नम्बरको बसले विपरीत दिशाबाट आउँ...
विराट गोल्डकप फागुन १९ देखि, कुन-कुन टिम सहभागी हुँदैछन् ? 

विराट गोल्डकप फागुन १९ देखि, कुन-कुन टिम सहभागी हुँदैछन् ? 

विराटनगर । विराट गोल्डकपको नवौँ संस्करण फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ । ‘विराटनगरको साथ फुटबलको विकास’ भन्ने मूल नाराका साथ प्रतियोगिता हुन लागेको हो । आयोजकले सोमबार साँझ पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा भारतका दुई र नेपालका आठ सहित १० टिमले सहभागिता जनाउने जानकारी दिएको छ । भारतबाट साउथर्न समिति फुटबल क्लब कोलकाता र सुदेभा दिल्ली फुटबल क्लब सहभागि हुनेछन् । नेपालका थ्री स्टार, नेपा...
विराटनगरको एभरेष्ट स्कुलमा दुई दिवसीय एजुकेशन एक्जिबिसन

विराटनगरको एभरेष्ट स्कुलमा दुई दिवसीय एजुकेशन एक्जिबिसन

विराटनगर । वैज्ञानिक डा. विष्णु रायमाझीले ‘एभरेष्ट एजुकेशन एक्जिबिसन’ बालबालिकाको भविष्य बनाउने माध्यम हुने बताएका छन् । आज विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गरेको दुई दिवसीय एक्जिबिसनको उद्‌घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्ता एक्जिबिसनले बालबालिकालाई सिक्ने-सिकाउने कुरामा धेरै अभिप्रेरणा मिल्ने उनले बताए । यसले बालबालिकाहरूलाई सफ व्यक्ति बन्न सघाउ पुग्ने उनको भनाइ...
भूमिसम्बन्धी समस्या तीन वर्षभित्रमा समाधान हुनुपर्छ : मुख्यमन्त्री कार्की

भूमिसम्बन्धी समस्या तीन वर्षभित्रमा समाधान हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भूमि सम्बन्धी समस्या समाधान आयोगले तीन वर्षभित्रमा सबै कार्यभार पूरा गर्नुपर्ने बताएका छन् । आज विराटनगरमा भूमि समस्या समाधान आयोगको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले तीन वर्षभित्रमा समस्या समाधान नगरे मुलुकमा विकराल समस्या आइपर्ने उल्लेख गरे । मुख्यमन्त्री कार्कीले भूमि सम्बन्धी ...
हलेसी बजारको आगलागीमा सात करोड बढीको क्षति

हलेसी बजारको आगलागीमा सात करोड बढीको क्षति

विराटनगर । खोटाङको हलेसी बजारमा आइतबार साँझ भएको आगलागीबाट सात करोड बढीको क्षति भएको छ । ग्यास लिक भएर सुरु भएको आगोले भीषण रूप लिँदा सात करोड ३० लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खलेको हो । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसी बजारमा पदमशेर राईको पसलमा राखिएको खाना पकाउने ग्यास लिक हुँदा आगलागी सुरु भएको थियो । आगलागीबाट उनको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । घर...
दुहबीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार आमा-छोरा गम्भीर घाइते

दुहबीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार आमा-छोरा गम्भीर घाइते

विराटनगर । सुनसरीको दुहबीमा सवारी दुर्घटना हुँदा आमा-छोरा गम्भीर घाइते भएका छन् । आज दिउँसो १२ बजेतिर कोशी लोकमार्ग अन्तरगत दुहबी-८ स्थित हुलास फ्याक्ट्री अगाडि दुर्घटना भएको हो । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७०२३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०५६ प ५५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक इटहरी-५ का २१ वर्षीय नवराज बु...
बरिष्ठ ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. खड्काले लाइफगार्डबाट सेवा दिने

बरिष्ठ ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. खड्काले लाइफगार्डबाट सेवा दिने

विराटनगर । बरिष्ठ ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. मोहन खड्काले विराटनगरको लाइफगार्ड अस्पतालबाट उपचार सेवा दिने भएका छन् । अस्पतालले आज पत्रकार सम्मेलन गर्दै डा. खड्कालाई टिममा भित्र्याएको जनाएको हो । लेटाङ घर भएका डा. खड्का विगत चार वर्षदेखि विराट टिचिङ हस्पिटलमा काम गर्दै आएका थिए । पेट तथा कलेजो सम्बन्धी एमडी गरे लगत्तै माल्दिभ्सको राजधानी मालिकोमा सेवा दिने उनी पहिलो डाक्टर हुन् । विराटनगरको नो...
झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु

झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । झापामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ टिपरको ठक्करबाट क्रसरका कामदार हल्दिबारी गाउँपालिका-२ का अन्दाजी २५ वर्षीय मोहन किस्कुको मृत्यु भएको हो । मिक्स गिट्टी अनलोड गरेर अगाडि बढ्ने क्रममा को १ ख ७०१४ नम्बरको टिपरले साँझ ५ः४५ बजेतिर ठक्कर दिएको थियो । टिपरको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको झापा प्रहरीले जनाएको छ । टिपर चालक मोरङको उर्लाबारी नगरपालिका-२ का...
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । आइतबार दुई हजार सात सय रुपैयाँले घटेको सुनको मूल्य आज एक हजार दुई सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार १५ रुपैयाँ घटेको चाँदीको मूल्य आज १५ रुपैयाँले न...
खोटाङको हलेसी बजारमा आगलागी हुँदा तीनवटा घर नष्ट

खोटाङको हलेसी बजारमा आगलागी हुँदा तीनवटा घर नष्ट

विराटनगर । खोटाङको हलेसी बजारमा भएको आगलागीबाट तीनवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागी लगभग नियन्त्रणमा आइसकेको हलेसी तुवाचुङ गाउँपालिकाका प्रमुख विमला राईले जानकारी दिइन् । ‘तीनवटा घर पूर्ण रूपमा नष्ट भएका छन्’, राईले संगालोखबरसँग भनिन्, ‘हार्डवेयर पसल नष्ट भयो । मानवीय क्षति भएको छैन । अन्य क्षतिको विवरण आउन बाँकी छ ।’
खोटाङको हलेसी बजारमा आगलागी, दमकल नहुँदा समस्या

खोटाङको हलेसी बजारमा आगलागी, दमकल नहुँदा समस्या

विराटनगर । खोटाङको हलेसी बजारमा आगलागी भएको छ । आज साँझ स्थानीय पदमशेर राईको ग्यास पसलबाट सुरु भएको आगोले छिमेकी ऐराख राईको घर समेत जलेर नष्ट भएको छ । दमकल नहुँदा आगो नियन्त्रणमा लिन समस्या भएको छ । अहिले आगो निभाउने प्रयास जारी छ । थप विवरण आउन बाँकी छ ।
कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका मोरङमा पहिलो

कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका मोरङमा पहिलो

विराटनगर । मोरङका १७ वटा स्थानीय तहमध्ये विराटनगर महानगरपालिका कार्यसम्पादनमा अगाडि देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा गरेको मूल्याङ्कनमा विराटनगर अगाडि देखिएको हो । विराटनगर महानगरपालिका ७३.५ अङ्क ल्याएर पहिलो भएको छ । लेटाङ नगरपालिका ५७.८ अङ्क ल्याएर दोस्रो हुँदा सुन्दरहरैँचा नगरपालिका ५५.६ अङ्क ल्याएर तेस्रो भएको छ । बुढीगंगा गाउँपाल...
error: Content is protected !!