संगालोखबर


विराटनगर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ८९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!